NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

राष्ट्रपति चुनावमा रास्वपाको भोट फकाउँदै रामचन्द्र

काठमाडौं । आठ दलिय गठबन्धनका तर्फबाट राष्ट्रपतिका साझा उम्मेदवार रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भेटेका छन् ।

नेपाली कांग्रेसले राष्ट्रपतिमा उम्मेदवार बनाउने निर्णय गरेपछि पौडेल रविलाई भेट्न उनको हात्तिगौंडास्थित निवास पुगेका हुन् ।

भेटमा पौडेलले राष्ट्रपतिमा आफूलाई समर्थन गर्न रास्वपा सभापति लामिछानेलाई आग्रह गरेका छन् ।

नेकपा माओवादी केन्द्रसहितका ८ दलले राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने सहमति यसअघि नै गरिसकेका छन् । तर रास्वपाले भने केही निर्णय गरेको छैन ।