सुनको मूल्य प्रतितोला ४ सय रूपैयाँ घट्यो, कतिमा हुँदैछ कारोबार
काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला ४ सय रूपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य एक लाख २ हजार रूपैयाँ कायम भएको छ । अघिल्लो दिन सुनको मूल्य प्रतितोला एक लाख २ हजार चार सय रूपैयाँ कायम भएको थियो।
त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख एक हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदी प्रतितोला १५ रूपैयाँ घटेर एक हजार २६० रूपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी एक हजार २७५ रूपैयाँमा कारोबार भएको थियो ।
महासङ्घले अन्तरराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया