अमेरिकामा ट्रकको ठक्करबाट दुई साइकलयात्रीको मृत्यु, ११ जना गम्भीर घाइते
एजेन्सी । अमेरिकाको दक्षिणपश्चिमी राज्य एरिजोनामा शनिबार बिहान पिकअप ट्रकले ठक्कर दिँदा दुई जना साइकलयात्रीको मृत्यु भएको छ भने अन्य ११ जना गम्भीर घाइते भएका छन् ।
एरिजोनाको राजधानी सहर फिनिक्सको उपनगर गुडइयरस्थित कटन लेन ब्रिजमा उक्त दुर्घटना भएको प्रहरीलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । दुर्घटनापछि ट्रक चालक घटनास्थलमै बसेको गुडइयर प्रहरी विभागले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यससम्बन्धमा अनुसन्धान भइरहेको प्रहरी अधिकारीले जनाएका छन् । शनिबार नै पश्चिमी राज्य नेभाडामा चिकित्सक र बिरामी बोकेको एउटा विमान दुर्घटना हुँदा पाँच जनाकाे मृत्यु भएकाे थियाे ।
ताजा अपडेट
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै


प्रतिक्रिया