अमेरिकामा ट्रकको ठक्करबाट दुई साइकलयात्रीको मृत्यु, ११ जना गम्भीर घाइते
एजेन्सी । अमेरिकाको दक्षिणपश्चिमी राज्य एरिजोनामा शनिबार बिहान पिकअप ट्रकले ठक्कर दिँदा दुई जना साइकलयात्रीको मृत्यु भएको छ भने अन्य ११ जना गम्भीर घाइते भएका छन् ।
एरिजोनाको राजधानी सहर फिनिक्सको उपनगर गुडइयरस्थित कटन लेन ब्रिजमा उक्त दुर्घटना भएको प्रहरीलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । दुर्घटनापछि ट्रक चालक घटनास्थलमै बसेको गुडइयर प्रहरी विभागले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यससम्बन्धमा अनुसन्धान भइरहेको प्रहरी अधिकारीले जनाएका छन् । शनिबार नै पश्चिमी राज्य नेभाडामा चिकित्सक र बिरामी बोकेको एउटा विमान दुर्घटना हुँदा पाँच जनाकाे मृत्यु भएकाे थियाे ।
ताजा अपडेट
-
ग्लोबल आइएमई बैंकलाई स्वीस इन्भेष्टमेन्ट फन्डको १० मिलियन अमेरिकी डलर लगानी
-
अधिवक्तादेखि सांसदसम्म सुहाङको यात्रा
-
कफीखेती प्रवर्द्धन गर्दै डाँडापारिका दुई गाउँपालिका
-
‘सुशासनका निम्ति सबैले आवाज उठाउनुपर्छ’
-
तुलसीमेहरको चर्खामा किचलो, मुख्य गुठियारलाई कानूनी कारबाही गर्ने चेतावनी
प्रतिक्रिया