NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

आगामी पाँच वर्षमा वामपन्थीहरूबाट रूपान्तरण सम्भव छैन : पूर्वप्रधानमन्त्री खनाल

काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले मुलुक आगामी पाँच वर्ष रुपान्तरणको दिशामा नजाने जिकिर गरेका छन् ।

आइतबार सुर्खेत विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै खनालले वामपन्थीहरू सत्ता प्राप्तीलाई केन्द्रबिन्दु बनाएर हिँडेको आरोप लगाउँदै उनले रुपान्तरण सम्भव नभएको बताएका हुन् ।

वामपन्थीहरू सत्ता प्राप्तीलाई कन्द्रबिन्दु बनाएर हिँडेका छन् । यथास्थितिवादी वा पुनर्उत्थानवादीहरुलाई अँगालो नहाली अघि बढ्न सक्ने अवस्थामा वामपन्थीहरू पुगेका छन्’, खनालले भने, ‘त्यसकारण मुलुक धेरै ठुलो रुपान्तरणको, गुणात्मक परिवर्तनको दिशातिर जाने म यो पाँच वर्ष देख्दिन ।’

सत्ता प्राप्तिका लागि नेताहरू मरिमेटेर हिँडेको आरोपल लगाउँदै उनले आफू त्यो दौडमा नरहेको जिकिर गरे ।