आगामी पाँच वर्षमा वामपन्थीहरूबाट रूपान्तरण सम्भव छैन : पूर्वप्रधानमन्त्री खनाल
काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले मुलुक आगामी पाँच वर्ष रुपान्तरणको दिशामा नजाने जिकिर गरेका छन् ।
आइतबार सुर्खेत विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै खनालले वामपन्थीहरू सत्ता प्राप्तीलाई केन्द्रबिन्दु बनाएर हिँडेको आरोप लगाउँदै उनले रुपान्तरण सम्भव नभएको बताएका हुन् ।
वामपन्थीहरू सत्ता प्राप्तीलाई कन्द्रबिन्दु बनाएर हिँडेका छन् । यथास्थितिवादी वा पुनर्उत्थानवादीहरुलाई अँगालो नहाली अघि बढ्न सक्ने अवस्थामा वामपन्थीहरू पुगेका छन्’, खनालले भने, ‘त्यसकारण मुलुक धेरै ठुलो रुपान्तरणको, गुणात्मक परिवर्तनको दिशातिर जाने म यो पाँच वर्ष देख्दिन ।’
सत्ता प्राप्तिका लागि नेताहरू मरिमेटेर हिँडेको आरोपल लगाउँदै उनले आफू त्यो दौडमा नरहेको जिकिर गरे ।
ताजा अपडेट
-
मित्रराष्ट्रहरूसँग बेलैमा सहयोग मागेको भए थप व्यक्तिहरूको ज्यान जोगाउन सकिन्थ्यो
-
भोटेकोशी बाढी : खोज तथा उद्धारमा खटिने सुरक्षाकर्मी र राष्ट्रसेवकलाई जोखिम भत्ता
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय
-
सरकारले भदौ २३ गते जेनजी दिवस मनाउन सार्वजनिक बिदा दिने
-
भोटेकोशी बाढी : ११ हजार ९९३ जनाको उद्धार


प्रतिक्रिया