NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

झिनो अंकले नेप्से बढ्दा यी हुन् सर्वाधिक कमाउने र गुमाउने कम्पनी

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्सेमा झिनो अंकको सुधार देखिएको छ । आइतबार नेप्से ४.५५ अंकले उकालो लागेर २०२७.१९ विन्दुमा पुगेको छ ।

आज २६२ स्टकको ५० हजार ५३२ कित्ता सेयर खरिदबिक्री हुँदा कुल २ अर्ब ५२ करोड ५० लाख ७१ हजार रूपैयाँको कारोबार भयो ।

आइतबार पाँच उपसमूहबाहेकका सबै उपसमूहमा हरियाली छाएको छ । आज बैंकिङ ०.८९, जीवन बीमा ०.१४, उत्पादनन ०.३०, म्युचल फण्ड ०.९ र व्यापार १.४० प्रतिशतले घटेको छ ।

आज सबैभन्दा बढी लघुवित्तको ३.७८ प्रतिशतले बढेको छ । त्यस्तै विकास बैंक ०.८३, वित्त १.४१, होटल तथा पर्यटन २.३४, जलविद्युत ०.७४, लगानी ०.६०, नीर्जीवन ०.३१, अन्य ०.५७ प्रतिशतले बढेको छ ।

आइतबार विजया लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताले सर्वाधिक ७.९४ प्रतिशतले बढेको छ । त्यस्तै ग्रिन डेभलपमेन्टको ७.६०, अभियानको ७.२६, मिरमिरे ६.९६, आरम्भ चैतारीका लगानीकर्ताले ६.९४ प्रतिशतले कमाएका छन् ।

आज सिटिजन म्युचल फण्डका लगानीकर्ताले सर्वाधिक ७.८५ प्रतिशतका दरले गुमाएका छन् । जनउत्थान समुदायिक ५.३६, ग्लोबल आइएमइ ब्यालेन्स फण्ड ३.९५, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक ४.९४ र सानिमा लार्ज क्यापका लगानीकर्ताले ३.४१ प्रतिशतले गुमाएका छन् ।

आइतबार कारोबार रकमको आधारमा हिमालय डिष्टिलरीको सर्वाधिक १० करोड ५८ लाख ७० हजार रूपैयाँको कारोबार भयो । दोस्रोमा एनआइसी एशियाको ७ करोड ८६ लाख ६७ हजार रूपैयाँको कारोबार भएको छ ।

छिमेकी लघुवित्त ७ करोड १६ लाख ९९ हजार, जीवन विका लघुवित्त ६ करोड ९६ लाख २८ हजार र नेष्ठो समृद्ध लघुवित्त ६ करोड ९५ लाख ७९ हजार रूपैयाँको कारोबार भइ शीर्ष पाँचमा प्रवेश गरेका छन् ।