NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

प्रदेश १ मा राप्रपाले तत्काल सरकार नछाड्ने

विराटनगर । प्रदेश नं १ सरकारबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) तत्काल नबाहिरिने भएको छ ।

राष्ट्रिपति निर्वाचनका विषयलाई लिएर केन्द्रीय राजनीतिमा आएको फेरबदलका कारण राप्रपाले शनिबार सङ्घ र प्रदेशका सबै सरकारबाट बाहिरिने तथा समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।

सोही निर्णयअनुसार राप्रपा सङ्घीय सरकार र केही प्रदेश सरकारबाट बाहिरिएको छ । प्रदेश नं १ मा भने तत्काल राप्रपाले सरकार नछाड्ने भएको हो । राप्रपा संसदीय दलका नेता तथा उद्योग, कृषि तथा सहकारीमन्त्री भक्तिप्रसाद सिटौलाले प्रदेश नं १ को राजनीतिक अवस्थाका कारण सरकार छाडिहाल्नुपर्ने परिस्थिति नभएको बताए ।

उनले भने, ‘प्रदेश नं १ को राजनीति विशिष्टिकृत छ, त्यसैले तत्काल सरकारबाट छाड्ने परिस्थिति बनेको छैन ।’ आज बेलुका पार्टीको प्रदेश समितिको बैठक बस्ने तयारी भएको पनि उनले जानकारी दिए। प्रदेश नं १ प्रदेशसभामा राप्रपाका छ सदस्य छन् ।

राप्रपाले नेकपा (एमाले) सँग सहकार्य जारी रहने बताएको छ । एमाले र राप्रपा मिल्दा प्रदेशमा ४६ सदस्य छन् । कूल ९३ सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ४७ सदस्य चाहिन्छ ।