एसएनपीले अडानी ग्रीन इनर्जीलाई अनुगमनबाट हटायो

एजेन्सी। हिंडनवर्गको प्रतिवेदनपछि अडानी समूहका कम्पनीहरूको शेयरमा ठूलो गिरावट जारी छ । यद्यपि, यो हप्ताको अन्तिम कारोबार दिनमा, अडानी समूहका लागि एउटा राहतको खबर मिलेको थियो ।
ग्लोबल रेटिङ एजेन्सी एसएनपी (S&P) ले अडानी ग्रीन इनर्जी लिमिटेडलाई अनुगमनबाट हटाएको छ । यससँगै रेटिङ एजेन्सीले कम्पनीलाई बीबी प्लस रेटिङसमेत दिएको छ । यो खबरले अडानी ग्रीनका लगानीकर्ताको तनाव कम हुने विश्वास गरिएको छ ।
किन राखियो निगरानीमा ?
गत वर्षको डिसेम्बर १४ मा एजेन्सीले आयोजनाको वित्तीय कारोबारलाई रेटिङका लागि मापदण्ड परिमार्जन गरेको थियो । साथै, अदानी ग्रीन इनर्जीलाई यस मापदण्डअन्तर्गत पर्यवेक्षणमा राखिएको थियो। अडानी ग्रीन इनर्जीले अब AGEL RG2 को समीक्षा पूरा गरेको एजेन्सीले बताएको छ । एजेन्सीका अनुसार अब कम्पनीका प्रोजेक्टहरूलेर एजेन्सीलाई असर नगर्ने विश्वास लिएको पनि जनाइएको छ । AGEL RG2 मा तीन परिचालन संस्थाहरू समावेश छन् । वर्धा सोलर (महाराष्ट्र), कोडंगल सोलर पार्क लिमिटेड र अडानी ग्रीन इनर्जी ।
लगानीकर्तामा डर
हिन्डनबर्ग रिपोर्टपछि अदानी ग्रीनको शेयर ७० प्रतिशतभन्दा बढीले घटेको छ । जसकारण लगानीकर्तामा डर पैदा भएको छ । जसको नतिजास्वरूप सेयर बिक्री गर्ने लगानीकर्ता बढ्दो देखिएको छ ।
पछिल्लो एक महिनामा अडानी ग्रीन इनर्जी लिमिटेडको शेयर करिब ७४ प्रतिशतले घटेको छ ।
ताजा अपडेट
-
जलवायु परिवर्तन सम्बन्धि कार्यक्रममा वर्ल्ड मर्चेन्ट इन्भेष्टमेन्टको सहकार्य
-
रुस-युक्रेन वार्ता : जेलेनस्कीले गरे ट्रम्पलाई टर्की भ्रमण गर्न आग्रह
-
प्रतिनिधिसभामा प्रिबजेटमाथि १८ घण्टा छलफल हुने
-
साइम कलेज र टोक्मा टेक्नोलोजिजबीच शैक्षिक-उद्योग सहकार्यका लागि सम्झौता
-
‘के वन क्रस १७५’ प्रतियोगितामा भिड्दै ‘हिमचितुवा’
प्रतिक्रिया