NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

काठमाडौंवाहेक अन्य कहाँ–कहाँ पर्यो पानी ?

काठमाडौं । राजधानी काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी वायुको प्रभावले वर्षा गराएको महाशाखाका मौसमविद् सञ्जिव अधिकारीले जानकारी दिए । उनका अनुसार पछिल्लो एक घन्टामा बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षा भएको छ । अहिले काठमाडौंमा कीर्तिपुर, सिनामङ्गल, रत्नपार्क,माइतीघरलगायत क्षेत्रमा हल्का वर्षा भइरहेको छ ।

भक्तपुरमा ८ दशमलव ४ र कीर्तिपुरमा ७ मिलिमिटर वर्षा मापन गरिएको मौसमविद् अधिकारीले उल्लेख गरे । काठमाडौं उपत्यकाका केही स्थानमा अहिले पनि हल्का वर्षा भइरहेको छ ।

सबैभन्दा बढी धादिङको धुनिबेँसीमा १२ मिलिमिटर वर्षा भएको छ । सुदूरपश्चिम र गण्डकी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भएको छ । अबको एक/दुई घन्टामा मौसम सुधार आउने र आज रातिको समयमा पनि वर्षा नहुने महाशाखाले जनाएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष