NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २९ गते

हतकडीसहित बलात्कारका अभियुक्त प्रहरी भ्यानबाट फरार

काठमाडौं । बलात्कार आरोपमा पक्राउ परेका एक अभियुक्त हतकडीसहित प्रहरीको भ्यानबाट भागेका छन् । धनुषाको सबैला नगरपालिका–१३, किरतपुरका एक युवक प्रहरीलाई छक्याउँदै फरार बनेका हुन् ।

जिल्ला प्रहरी कार्यालय, धनुषाले जिल्ला अदालत धनुषाबाट सात दिनको म्याद थप गरी इलाका प्रहरी कार्यालय लैजाँदै गर्दा साँझ ती युवक फरार बनेको जनाएको छ ।

यसअघि गत फागुन १५ गते पनि यसैगरी प्रहरी हिरासतमा रहेका ६ जना फरार भएका थिए ।

ताजा अपडेट

नेपालवाच विशेष