NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

नेप्से घट्दा यी हुन् सर्वाधिक कमाउने र गुमाउने कम्पनी

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेप्से झिनो अंकले घटेको छ । सोमबार नेप्से ३.६५ अंकले घटेर २०२३.५४ विन्दुमा झरेको छ ।

आज २५९ स्टकको ३७ हजार ३३८ पटकमा ५१ लाख २० हजार ८८८ कित्ता सेयर खरिदबिक्री हुँदा कुल १ अर्ब ८९ करोड ३७ लाख ३६ हजार रूपैयाँको कारोबार भएको छ ।

सोमबार पाँच उपसमूहबाहेकका सबै उपसमूह घटेका छन् । जसमा होटल तथा पर्यटन १.३८, सामूहिक लगानी ०.५१, नीर्जीवन ०.०८, अन्य ०.८० र व्यापार ०.५९ प्रतिशतले बढेको छ ।

आज बैंकिङ ०.१०, विकास बैंक ०.३६, वित्त १.६५, जलविद्युत ०.२९, लगानी ०.५२, जीवन बीमा ०.०९, उत्पादन ०.४७, माइक्रोफाइनान्स ०.९८ प्रतिशतले घटेको छ ।

सोमबार स्वाभिमान लघुवित्तका लगानीकर्ताले सर्वाधिक ९.७३ प्रतिशतका दरले कमाएका छन् । त्यस्तै सामलिङ पावर ९.३५, तारागाउँ रिजेन्सी ७.९६, उपकार लघुवित्त ७.२२, र ओरेन्टियल होटलका लगानीकर्ताले ६.५० प्रतिशतका दरले कमाएका छन् ।

त्यस्तै सोमबार राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनका लगानीकर्ताले सर्वाधिक ६.४३ प्रतिशतका दरले गुमाएका छन् । सिवाइसी नेपाल ५.३३, सुमिट लघुवित्त ४.९०, छ्याङदी हाइड्रोपावर ४.६१ र धौलागिरी लघुवित्तका लगानीकर्ताले ४.४० प्रतिशतका दरले गुमाएका छन् ।

सोमबार कारोबार रकमको आधारमा हिमालय डिष्टिलरीको सर्वाधिक ६ करोड ६८ लाख ८ हजार रूपैयाँको कारोबार भयो । दोस्रोमा एनआइसी एशियाको ५ करोड ८ लाख २८ हजार रूपैयाँको कारोबार भएको छ ।

अरूण भ्याली हाइड्रोपावर ४ अर्ब ७८ करोड १५ लाख, शिभम् सिमेन्ट ३ करोड ६३ लाख ४८ हजार र एपी पावर कम्पनीको ३ करोड ६३ लाख ३ हजार रूपैयाँ बराबरको कारोबार भई शीर्ष ५ मा प्रवेश गरेका छन् ।

छिमेकी लघुवित्त ७ करोड १६ लाख ९९ हजार, जीवन विका लघुवित्त ६ करोड ९६ लाख २८ हजार र नेष्ठो समृद्ध लघुवित्त ६ करोड ९५ लाख ७९ हजार रूपैयाँको कारोबार भइ शीर्ष पाँचमा प्रवेश गरेका छन् ।