पूर्वराजा ज्ञानेन्द्रको भारत भ्रमणमा सुरक्षाकर्मी खटाउन गृहको स्वीकृती

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको मागबमोजिम गृह मन्त्रालयले उनको भारत भ्रमणका लागि सुरक्षाकर्मी पठाउने स्वीकृती दिएको छ ।
शाहले यही १५ गते हुन लागेको भारत भ्रमणका लागि सुरक्षाकर्मीको माग गरेका थिए ।
पूर्वराजा शाहको भ्रमण अवधीभर उनलाई निर्मल निवासमा वेश प्रमुखको रूपमा कार्यरत सशस्त्र प्रहरी नायब उपरिक्षक राजेन्द्र गुरागाईं र सशस्त्र प्रहरी निरीक्षक महेश दाहालले पहरा दिने भएका छन् ।
शाह यही फागुन १५ देखि २२ गतेसम्म भारतको वेस्ट बंगालस्थित सिलगुडीसम्म जाने कार्यक्रम रहेको छ ।
ताजा अपडेट
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?
-
आज पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
प्रतिक्रिया