NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख ६ गते

सुनचाँदीको मूल्य स्थिर, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो दिनको तुलनामा स्थिर रहेको छ ।

अघिल्लो दिन प्रतितोला एक लाख एक हजार आठ सय रूपैयाँमा कारोबार भएको सुनको मूल्य आज सोही मूल्य कायम भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य पनि स्थिर रहेको छ । महासंघका अनुसार मंगलबार तेजावी सुनको मूल्य प्रतितोला एक लाख एक हजार तीन सय छ ।

त्यस्तै आज चाँदीको मूल्यसमेत स्थिर रहेको छ । आज चाँदी सोमबारकै मूल्य एक हजार दुई सय ५५ रूपैयाँमा कारोबार भइरहेको हो ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष