एलोन मस्क फेरि बने विश्वकै धनी व्यक्ति, एक दिनमै ६.९८ बिलियन डलर बढ्यो नेटवर्थ
एजेन्सी । विश्वका अर्बपतिको सूचीमा फेरी ठूलो फेरबदल भएको छ । टप १० अर्बपतिको सूचीमा सन् २०२१ देखि लगातार पहिलो नम्बरमा रहेका एलोन मस्कलाई सन् २०२२ को डिसेम्बरदेखि पछि पार्दै अघि बढेका बर्नार्ड अर्नाल्ट दोस्रो नम्बरमा झरेका छन् । मस्कले बर्नार्ड अर्नाल्टलाई पछि पार्दै पुन: विश्वकै धनी व्यक्ति बनेका हुन् ।
पछिल्लो २४ घण्टामा मस्कको सम्पत्ति बढेसँगै कुल नेटवर्थ १८७ अर्ब डलर पुगेको छ । अहिलेसम्म पहिलो नम्बरको कुर्सीमा बसेका फ्रान्सेली अर्बपति बर्नार्ड अर्नाल्ट १८५ अर्ब डलरको कुल सम्पत्तिका साथ दोस्रो नम्बरमा झरेका छन्।
एकै दिनमै ६.९८ बिलियन डलर बढ्यो नेटवर्थ
ब्लूमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार २४ घण्टाभित्र एलोन मस्कको सम्पत्ति ६.९८ बिलियन डलरले बढेको छ । योसँगै उनले फेरि एकपटक नम्बर एकको स्थानमा कब्जा जमाएका हुन् । केही दिनयता मस्कको सम्पत्तिमा आएको उछाललाई हेर्दा उनी छिट्टै नम्बर एक धनी बन्ने सम्भावना बढेको थियो ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया