एलोन मस्क फेरि बने विश्वकै धनी व्यक्ति, एक दिनमै ६.९८ बिलियन डलर बढ्यो नेटवर्थ

एजेन्सी । विश्वका अर्बपतिको सूचीमा फेरी ठूलो फेरबदल भएको छ । टप १० अर्बपतिको सूचीमा सन् २०२१ देखि लगातार पहिलो नम्बरमा रहेका एलोन मस्कलाई सन् २०२२ को डिसेम्बरदेखि पछि पार्दै अघि बढेका बर्नार्ड अर्नाल्ट दोस्रो नम्बरमा झरेका छन् । मस्कले बर्नार्ड अर्नाल्टलाई पछि पार्दै पुन: विश्वकै धनी व्यक्ति बनेका हुन् ।
पछिल्लो २४ घण्टामा मस्कको सम्पत्ति बढेसँगै कुल नेटवर्थ १८७ अर्ब डलर पुगेको छ । अहिलेसम्म पहिलो नम्बरको कुर्सीमा बसेका फ्रान्सेली अर्बपति बर्नार्ड अर्नाल्ट १८५ अर्ब डलरको कुल सम्पत्तिका साथ दोस्रो नम्बरमा झरेका छन्।
एकै दिनमै ६.९८ बिलियन डलर बढ्यो नेटवर्थ
ब्लूमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार २४ घण्टाभित्र एलोन मस्कको सम्पत्ति ६.९८ बिलियन डलरले बढेको छ । योसँगै उनले फेरि एकपटक नम्बर एकको स्थानमा कब्जा जमाएका हुन् । केही दिनयता मस्कको सम्पत्तिमा आएको उछाललाई हेर्दा उनी छिट्टै नम्बर एक धनी बन्ने सम्भावना बढेको थियो ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया