नेपाली सेनाको डेटाहरू टर्की पुग्ने गरेको छ : आरजु राणा
काठमाडौं । नेपाली कांग्रेसकी सांसद एवं नेतृ आरजु राणा देउवाले नेपाली सेनाको डिजिटल अभिलेखमा छिद्र रहेको खबर आफूले पाएको बताएकी छन्।
मंगलबार ललितपुरमा नेपाल विद्यार्थी संघद्वारा आयोजित अल नेपाल ह्याकथन कार्यक्रममा बोल्दै उनले नेपालमा डिजिटल प्रणाली शुरूआत गरे पनि त्यसको प्रयोग गर्न नेपालीहरु पूर्ण सक्षम नरहेको बताइन्। उनले नेपालमा डिजिटल प्रणाली सुरुवात गरेपनि त्यसको प्रयोग गर्न नेपालीहरू पूर्ण सक्षम नरहेको उल्लेख गरिन् ।
उनले नेपाली सेनाको डेटाहरू आफूले टर्की पुग्ने गरेको जानकारी पाएको बताउँदै साइबर सुरक्षामा नेपालले आफ्नै प्रविधिको विकास गर्न जरुरी रहेको बताइन् ।
‘हाम्रो जस्तो देशमा के हुँदो रहेछ भने हामीले शुरु त गर्यौँ, हाम्रो आर्मीको सबै डेटा टर्कीमा देखाइदियो। जर्साबहरुको सबै इमेल देखाइदियो मलाई। पर्सनल इमेल थियो तर भोलि सुरक्षासम्बन्धी कुनैपनि इमेल अर्को देशबाट सहजै हेर्न सकिन्छ’, उनले भनिन्, ‘त्यसैले हामीले साइबर सेक्युरेटीलाई पनि कसरी हेर्ने ? रिसेन्ट्ली सरकारकै वेबसाइट ह्याक पनि भयो। साइबर सुरक्षाका लागि हामीले आफ्नै समाधान खोज्नुपर्छ। सरकारले केही न केही गरेको छ, तर विद्यार्थीहरुले यसमा अनुसन्धान गर्नुपर्छ।’
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया