२६ अंकले नेप्से घट्दा, यी हुन् सर्वाधिक कमाउने र गुमाउने कम्पनी

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अंकले ओरालो लागेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २६.४७ अंकले ओरालो लागेर दुई हजार १९६९.०२ विन्दुमा सीमित भएको छ ।
आज २५६ स्टकको २८ हजार ५०० पटक कारोबारमा ३६ लाख ५७ हजार १५४ रूपैयाँको कारोबार हुँदा एक अर्ब ३३ करोड ६३ लाख ३३ हजार रूपैयाँको कारोबार भएको छ ।
कारोबार भएका १३ उपसमूहको सेयर रताम्मे भएका छन् । जसमध्ये सबैभन्दा बढी लघुवित्तको २.६४ प्रतिशतले घटेको छ । अन्य उपसमूहरूमा बैंकिङ ०.९४, विकास बैंक ०.८४, वित्त १.५६, होटल तथा पर्यटन ०.६६, जलविद्युत १.५७, लगानी १.४३, जीवन बीमा १.२६, उत्पादन १.४८, म्युचल फण्ड ०.८०, नीर्जीवन ०.९५, अन्य १.४४ र व्यापार २.३२ प्रतिशतले घटेको छ ।
बिहीबार बुद्धभूमि नेपाल हाइड्रोका लगानीकर्ताले सर्वाधिक ४.२९ प्रतिशतका दरले कमाएका छन् । युनिक नेपाल लघिवित्त ४.०२, बोटलर्स नेपाल ३.९१, लक्ष्मी उन्नति कोष ३.७८, सामलिङ पावरका लगानीकर्ताले ३.६४ प्रतिशतका दरले कमाएका छन् ।
आज ग्लोबल आइएमइ लघुवित्तका लगानीकर्ताले सर्वाधिक ७ प्रतिशतका दरले गुमाएका छन् । स्वाभिमान् लघुवित्त ५.८०, नादेप लघुवित्त ५.७४, सिटिजन म्युचल फण्ड ५.६३ र सनराइज ब्लुचिपका लगानीकर्ताले ५ प्रतिशतका दरले गुमाएक छन् ।
बिहीबार कारोबार रकमको आधारमा हिमालय डिष्टिलरी शीर्ष स्थानमा छ । उक्त कम्पनीको ८ करोड १२ लाख ८६ हजार रूपैयाँको कारोबार भयो ।
दोस्रोमा शिभम् सिमेन्टको ६ करोड ३ लाख ५ हजार रूपैयाँको कारोबार भएको छ । त्यस्तै एनआइसी एशिया ४ करोड ३७ लाख २९ हजार, नबिल बैंक ३ करोड ८५ लाख ६१ हजार र नेपाल रि इन्स्योरेन्स कम्पनीको २ करोड ६९ लाख ५१ हजार रूपैयाँको कारोबार भएको छ ।
प्रतिक्रिया