NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

शाहरुख निवासको पर्खाल नाघेर दुई युवा प्रवेश गरेपछि…

काठमाडौं (एजेन्सी) । अभिनेता शाहरुख खान निवासको सुरक्षा व्यवस्था कडा छ । सम्भावित सुरक्षा चुनौतीलाई ख्याल गरेर उनको निवासमा चौबीसै घण्टा निजी सुरक्षाकर्मीले पहरा दिइरहेका हुन्छन् ।

तर मान्छेले चाह्यो भने तारबार र पर्खाल नाघेर पनि प्रवेश गर्दो रहेछ । शाहरुख निवासमा पनि यस्तै भएको छ । दुई अपरिचित युवक बिना जानकारी उनको निवास मन्नतमामा बिहीबार बिहानै प्रवेश गरेका छन् । त्यो पनि पर्खाल नाघेर । यस्तो शंकास्पद गतिविधिपछि ती युवालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

भारतीय सञ्चारमाध्यमले बिहीबार बिहान सबेरै खान निवासको पर्खाल काटेर यी मानिसहरू मन्नत प्रवेश गरेको जनाएका छन् । यसरी अपरिचित व्यक्ति प्रवेश भएलगत्तै शाहरुखका निजी रक्षाकर्मीले नियन्त्रणमा लिएका थिए ।

एएनआईले प्रहरीलाई उद्धृत गर्दै दुवै युवाको उमेर २० देखि २२ वर्ष रहेको जनाएको छ । शाहरुख खानलाई भेट्ने इच्छा लिएर गुजरातबाट मुम्बई आइपुगेको ती युवकले बताएका छन् ।

प्रहरी स्रोतलाई उद्धृत गर्दै इन्डियन एक्सप्रेसले बताएको छ कि दुवै जना बिहान ३–४ बजे बंगलामा प्रवेश गरेका थिए ।

टाइम्स अफ इन्डियाका अनुसार जब यी दुई युवा मन्नतमा प्रवेश गर्दा शाहरुख फिल्म ‘जवान’ को सुटिङबाट भर्खरै फर्किएका थिए ।

शाहरुख अहिले फिल्म ‘जवान’ र ‘डंकी’ को सुटिङमा व्यस्त छन् ।

उनी अभिनित फिल्म पठान केही समयअघि रिलिज भएको थियो । जसले बक्स अफिसमा एक हजार करोडभन्दा बढीको कमाई गरेको छ ।

मेसीलाई आफ्नै देशभित्रबाट ज्यान मार्ने धम्की, पत्नीका आफन्तको सुपरमार्केटमा आक्रमण