दुई दिनमै बिपिडब्लु लघुवित्तको आइपीओमा ८५.६८ गुणा बढी आवेदन
काठमाडौं । बिपिडब्लु लघुवित्तको आइपीओमा ६९ करोड ३६ लाख ३ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडिएसका अनुसार आज दिउँसो सम्ममा ६ लाख २२ हजार ७२० जनाले ६९ लाख ३६ हजार ३० कित्ताका लागि आवेदन दिएका छन् ।
लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा जारी पुँजी तीन करोड रुपैयाँको ३२.३३ प्रतिशतले हुन आउने ९७ लाख रुपैयाँ बराबरको ९७ हजार कित्ता सेयर निष्कासन गरेको छ । जसमध्ये १० प्रतिशतले हुने ९ हजार ७०० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुमा निष्ककासन गरी बाँडफाँट गरिसकेको छ ।
यस्तै १ हजार ५०० कित्ता सेयर कर्मचारीहरुका लागि र ४ हजार ८५० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । सर्वसाधारणले बाँकी रहेको ८० हजार ९५० कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन्।
उक्त आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। उक्त आईपीओमा लगानीकर्ताले २३ फागुनसम्म आवेदन दिन सक्नेछन्। उक्त अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि चैत २ गतेसम्म थप हुनेछ ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त सि९आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुका साथै मरो सेयर खाता मार्फत आवेदन दिन सक्नेछन् ।
लघुवित्तको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया