बालुवाटारमा ८ दलको बैठक, यस्तो छ एजेण्डा
काठमाडौं । पछिल्लो विकसित राजनीति घटनाक्रम, राष्ट्रपति निर्वाचनलगायत विषयमा छलफल गर्न सत्ता गठबन्धन ८ दलको बैठक बसेको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एसका महासचिव डा. बेदुराम भुसाल, पूर्वप्रधानमन्त्री एवं नेसपाका अध्यक्ष डा. बाबुराम भट्टराई, जसपाका सहअध्यक्ष राजेन्द्र श्रेष्ठ सहभागी रहेको प्रधानमन्त्रीका सचिवालयले जनाएको छ ।
त्यस्तै लोसपाका अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अब्दुल खान, राष्ट्रिय जनमोर्चा अध्यक्ष चित्रबहादुर केसी बैठकमा उपस्थित छन् । यही फागुन २५ गते राष्ट्रपति निर्वाचनका लागि मतदान हुँदैछ। तीन वर्ष अघिको जनयुद्धसम्बन्धी प्रचण्डको सार्वजनिक अभिव्यक्तिविरुद्ध परेको रिट निवेदन सर्वोच्च अदालतले दर्ता गर्न आदेश दिएपछि माओवादीले आपत्ति जनाएको छ ।
ताजा अपडेट
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने


प्रतिक्रिया