पाकिस्तानमा आतंकवादी हमला, नौ प्रहरी मारिए, १५ घाइते

काठमाडौं । पाकिस्तानमा फेरि अर्को आतंकवादी आक्रमण भएको छ । घटनामा नौ प्रहरीको मृत्यु भएको छ ।
पाकिस्तानको बलुचिस्तान प्रान्तको बोलान क्षेत्रमा विस्फोट भएको हो । पाकिस्तानी सञ्चारमाध्यमले सरकारी अधिकारीलाई उद्धृत गर्दै नौ प्रहरीको मृत्यु भएको जनाएका छन् ।
प्रारम्भिक अनुसन्धानले आत्मघाती आक्रमण भएको हुनसक्ने देखाएको छ । तर पुष्टि हुन बाँकी छ ।
पाकिस्तानी सञ्चारमाध्यमका अनुसार, बलुचिस्तानका प्रहरी कर्मचारी ड्युटीबाट फर्किरहेका बेला विस्फोट भएको थियो । विस्फोटले प्रहरीको गाडीसमेत पल्टिएको छ ।
घटनामा १५ प्रहरी घाइते भएको र उनीहरूलाई उद्धार गरेर विभिन्न अस्पताल पुर्याइएको डन न्युजले जनाएको छ ।
ताजा अपडेट
-
पोखरा अन्तरराष्ट्रिय विमानस्थल परिसरमा अत्याधुनिक हवाई इन्धन डिपो निर्माण सम्पन्न
-
नेपाल औषधि लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्ने
-
फाँट र खोला किनारमा देखिन छाडे बकुल्ला
-
भिजिट भिसा प्रकरणमा रास्वपाको अडान यथावत्, प्रतिरोध कायम गर्ने निर्णय
-
चोभार गल्छीका ऐतिहासिक चट्टानहरू नहटाइने
प्रतिक्रिया