पाकिस्तानमा आतंकवादी हमला, नौ प्रहरी मारिए, १५ घाइते
काठमाडौं । पाकिस्तानमा फेरि अर्को आतंकवादी आक्रमण भएको छ । घटनामा नौ प्रहरीको मृत्यु भएको छ ।
पाकिस्तानको बलुचिस्तान प्रान्तको बोलान क्षेत्रमा विस्फोट भएको हो । पाकिस्तानी सञ्चारमाध्यमले सरकारी अधिकारीलाई उद्धृत गर्दै नौ प्रहरीको मृत्यु भएको जनाएका छन् ।
प्रारम्भिक अनुसन्धानले आत्मघाती आक्रमण भएको हुनसक्ने देखाएको छ । तर पुष्टि हुन बाँकी छ ।
पाकिस्तानी सञ्चारमाध्यमका अनुसार, बलुचिस्तानका प्रहरी कर्मचारी ड्युटीबाट फर्किरहेका बेला विस्फोट भएको थियो । विस्फोटले प्रहरीको गाडीसमेत पल्टिएको छ ।
घटनामा १५ प्रहरी घाइते भएको र उनीहरूलाई उद्धार गरेर विभिन्न अस्पताल पुर्याइएको डन न्युजले जनाएको छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया