NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख ६ गते

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला तीन सय रूपैयाँले घटेको छ ।

आइतबार क लाख २ हजार ८ सय रूपैयाँमा कारोबार भएको सुनको मूल्य आज एक लाख २५ सय रूपैयाँमा कारोबार भइरहेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख दुई हजार रूपैयाँ छ । त्यस्तै आज चाँदीको मूल्य प्रतितोला १० रूपैयाँ घटेर एक हजार दुई सय ६५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

महासंघले अन्तरराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष