NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

दोहोरो अंकले नेप्से बढ्दा यी हुन् सर्वाधिक कमाउने र गुमाउने कम्पनी

काठमाडौं । बिदापछि खुलेको सेयरबजारमा हरियाली छाएको छ । आजको भएको कारोबारमा नेप्से परिसूचक १४ दशमलव ४१ अङ्कले बढेर एक हजार नौ सय ५२ दशमलव ६६ अङ्कमा कायम भएको छ ।

आज दुई सय ६१ वटा कम्पनीका २४ हजार तीन सय ७३ पटक कारोबारमा ४० लाख ५९ हजार १४९ कित्ता सेयर खरिदबिक्री हुँदा १ अर्ब २० करोड ४४ लाख ९ हजार ४११ रूपैयाँको कारोबार भएको छ ।

आजको कारोबारमा २ उपसमूहबाहे सबै समूहको उपसूचक बढेको छ । उत्पादन र म्युचल फण्डको क्रमशः १.०६ र ०.२६ प्रतिशतले घटेको छ ।

आज सबैभन्दा धेरै जलविद्युत समूहको उपसूचक एक सय ७३ दशमलव ३४ र उत्पादन समूहको उपसूचक  १.६७ प्रतिशतले घटेको छ । आज बैंकिङ समूह ०.५१, विकास बैंक समूह १.१६, वित्त समूह १.१८, होटल तथा पर्यटन समूह १.०५ र लगानी समूह १.११ अङ्कले बढेको छ ।

त्यस्तै जीवन बीमा ०.४६, लघुवित्त समूह ०.५०, निर्जीवन बीमा समूह ०.९७, अन्य ०.७१ र  व्यापार समूह ०.७५ प्रतिशतले बढेको छ । आज सुभम पावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । उक्त कम्पनीका लगानीकर्ताले १० प्रतिशतको दरले कमाएका छन् ।

त्यस्तै सुपर मादी हाइड्रोपावर ९.९७, सिदार्थ इन्भेष्टमेन्ट ग्रोथ ८.०२, इमरर्जिङ नेपाल ५.८० र स्वाभिमान लघुवित्तका लगानीकर्ताले ५.२४ प्रतिशतका दरले कमाएका छन् ।

मंगलबार सिवाइसी नेपाल लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै ५.१८ प्रतिशतका दरले गुमाएका छन् । नबिल इक्युटी फण्ड ३.८५, सुमिट लघुवित्त ३.४३, कुमारी धनवृद्धि योजना, ३.०३ र सामलिङ पावरा लगानीकर्ताले ३.५३ प्रतिशतले गुमाएका छन् ।

आज सबैभन्दा धेरै साल्ट ट्रेडिङ कर्पोरेशनको १२ करोड ७ लाख ८५ हजार ५०३ रूपैयाँ बराबरको कारोबार भएको छ । दोस्रोमा हिमालय डिष्टिलरीको ९ करोड ३४ लाख ४४ हजार रूपैयाँको कारोबार भयो ।