NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख ६ गते

सुनको मूल्य एक हजार रूपैयाँले घट्यो

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य  प्रतितोला एक हजार रूपैयाँले घटेको छ । मंगलबार एक लाख २ हजार पाँच सय रूपैयाँमा कारोबार भएको छापावाल सुन आज एक लाख एक हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख एक हजार हजार रूपैयाँ छ ।

त्यस्तै आज चाँदीको मूल्य प्रतितोला ४० रूपैयाँ घटेर एक हजार २२५ रूपैयाँमा रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

महासंघले अन्तरराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष