तत्काल एमालेसँग पार्टी एकता हुँदैन : खनाल
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका नेता झलनाथ खनालले तत्काल एमालेसँग पार्टी एकता नहुने बताएका छन् ।
बुधबार झापाको उर्लाबारीमा आयोजित पत्रकार सम्मेलनमा उनले एमालेसहित कुनै पार्टीसँग पार्टी एकताको सम्भावना नभएको बताएका हुन् ।
‘तत्काल कुनै पार्टीसँग एकीकरणको सम्भावना छैन । त्यो एमालेसँग पनि छैन । अन्य पार्टीसँग पनि एकताको सम्भावना छैन’, उनले भने, ‘तर कुनै पार्टीसँग एकता कहिल्यै हुँदैन त ? हुन सक्छ, के सर्तमा भने हाम्रो राजनीतिक कार्यदिशा, नीति, सिद्धान्त मिल्यो भने पार्टी एकता हुन्छ ।’
सत्ता समीकरण बदलिएको विषयमा खनालले पाँच वर्षसम्म बन्ने र भत्किने क्रम जारी रहने बताए । निर्वाचन भएको तीन महिना नपुग्दै तीन वटा समीकरण भइसकेको भन्दै आगामी दिनमा बनाउने र भत्काउने क्रम बढेर जाने जिकिर गरे ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया