सुनको मूल्य प्रतितोला ८०० रूपैयाँ बढ्यो, चाँदी स्थिर

काठमाडौं । सुनचाँदी बजारमा निरन्तर ओरालो लागेको सुनको मूल्य साताको अन्तिम दिन शुक्रबार बढेको छ । बिहीबार ५ सय रूपैयाँ घटेको सुनको मूल्य आज ८ सय रूपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार एक लाख एक हजार रूपैयाँमा कारोबार भएको छापावाल सुन शुक्रबार एक लाख एकहजार ८ सय रूपैयाँमा कारोबार भइरहेको हो ।
त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख एक हजार तीन सय रूपैयाँ कायम भएको छ। त्यस्तै आज चाँदीको मूल्य स्थिर छ । शुक्रबार चाँदी बिहीबारकै मूल्य एक हजार २२० रूपैयाँमा रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
महासंघले अन्तरराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।
ताजा अपडेट
-
काठमाडौँ महानगरमा कक्षा ११ मा पढ्ने विद्यार्थीका लागि छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन खुला
-
नक्सालमा जनकपुरे माछा
-
किवीखेतीबाट गाउँमै भविष्य खोज्दै युवा
-
ताप्लेजुङमा पहिरोले घर पुरिँदा चार जना घाइते
-
राष्ट्रिय प्रसारण ‘ग्रीड कम्पनी’ र पाँच जलविद्युत् कम्पनीबीच ‘ग्रीड कनेक्सन’ सम्झौता
प्रतिक्रिया