NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १९ गते

तेस्रो पटक राष्ट्रपति चुनिए सी

एजेन्सी । चिनियाँ कम्युनिष्ट पार्टीका महासचिवसमेत रहेका सी जिन पिङ तेस्रो कार्यकालका लागि राष्ट्रपति चुनिदैं मुलुककै सबैभन्दा शक्तिशाली व्यक्ति बनेका छन् ।

चीनको राष्ट्रिय जन कांग्रेसले शुक्रबार उनको कार्यकाल तेस्रो पटकका लागि थप गरेको हो । उनलाई तेस्रो पटक राष्ट्रपति बनाउने प्रस्तावमा त्यहाँको रबर स्ट्याम्प संसदले २ हजार ९७७ मतले पारित गरेको छ ।

उनले अब आफ्ना विश्वासयोग्य ली छ्याङलाई चीनको प्रधानमन्त्री बनाउनेछन् ।

बिहीबारमात्रै उनले आफ्ना प्राथामिकताहरूबारे कुरा गर्दै त्यहाँको सेनालाई बलियो बनाउने बताएका थिए ।

चीनलाई रणनीतिक चुनौति र खतराबाट जोगाउन सेनालाई द्रुत गतिमा विस्तार गर्ने र जनमुक्ति सेनालाई विश्वको शीर्ष दर्जाको सेना बनाउर्नेतर्फ उनको लक्ष्य छ ।