नेम्वाङको चुनाव खर्च कति ?

काठमाडौं । राष्ट्रपति निर्वाचनमा एमालेबाट उम्मेद्बार रहेका सुवासचन्द्र नेम्वाङको खर्च विवरण बुझाएका छन् । नेम्वाङले शुक्रबार नेम्वाङका तर्फबाट निर्वाचन प्रतिनिधि महेश बर्तौलाले निर्वाचन अधिकृत महेश शर्मा पौडेल खर्च विवरण बुझाएका हुन् ।
उनले बुझाएको विवरणअनुसार जम्मा निर्वाचन अवधिभर १६ हजार पाँच सय रूपैयाँ खर्च भएको छ। जसमा प्रचारप्रसारमा एक पटक एसएमएस गर्दा १० हजार र विविध मसलन्धमा ६ हजार ५०० खर्च भएको छ ।
बिहीबार भएको निर्वाचनमा नेम्वाङ कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेलसँग पराजित भएका थिए । पौडेलले ३३ हजार ८०२ मत प्राप्त गर्दा नेम्वाङले १५ हजार ५१८ मत पाएका थिए ।
ताजा अपडेट
-
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
-
प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
समयमै मल र बीउ पुर्याउने गरी कानुन बनाउन लागेका छौँ : कृषि मन्त्री अधिकारी
-
कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइन्छ : प्रधानमन्त्री ओली
-
शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको समय
प्रतिक्रिया