नेम्वाङको चुनाव खर्च कति ?
काठमाडौं । राष्ट्रपति निर्वाचनमा एमालेबाट उम्मेद्बार रहेका सुवासचन्द्र नेम्वाङको खर्च विवरण बुझाएका छन् । नेम्वाङले शुक्रबार नेम्वाङका तर्फबाट निर्वाचन प्रतिनिधि महेश बर्तौलाले निर्वाचन अधिकृत महेश शर्मा पौडेल खर्च विवरण बुझाएका हुन् ।
उनले बुझाएको विवरणअनुसार जम्मा निर्वाचन अवधिभर १६ हजार पाँच सय रूपैयाँ खर्च भएको छ। जसमा प्रचारप्रसारमा एक पटक एसएमएस गर्दा १० हजार र विविध मसलन्धमा ६ हजार ५०० खर्च भएको छ ।
बिहीबार भएको निर्वाचनमा नेम्वाङ कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेलसँग पराजित भएका थिए । पौडेलले ३३ हजार ८०२ मत प्राप्त गर्दा नेम्वाङले १५ हजार ५१८ मत पाएका थिए ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया