सरकारी कार्यालयका क्यान्टिन एक घण्टाका लागि मात्रै सञ्चालन गर्न सिफारिस

काठमाडौं । सरकारी कार्यालयमा दिनभरीका लागि चमेना गृह खुला राख्न नपाउने व्यवस्था गर्न सिफारिस गरिएको छ ।
निजामती कर्मचारीको तलवसुविधासम्बन्धी सुझाव दिन पूर्व मुख्यसचिव लीलामणि पौड्यालको संयोजकत्वमा बनेको उच्चस्तरीय तलब सुविधा आयोगले यस्तो सिफारिस गरेको हो ।
उक्त सिफारिसमा विहान ९ः३० बजेसम्म विहानको नास्ता र ठिक १ बजे खोली २ बजे दिउँसोको खाना अवधीमा मात्र खोल्ने गरी स्तरीय क्यान्टिन सञ्चालन गर्न सुझाव दिइएको छ ।
यसरी एक घण्टाभित्र सिंहदरबारका सबै कर्मचारीले खाना खान सक्ने गरी आफैं सेवा गर्ने ‘सेल्फ सर्भिङ क्यान्टिन’ सञ्चालन गर्न पनि सकिने विकल्प दिइएको छ ।
त्यस्तै सिंहदरबारको चमेनागृहमा सबै मौलिक प्रमुख परिकार राख्ने व्यवस्था गर्न भनिएको छ । विद्युत, पानी, भाडा नलाग्ने गरी सञ्चालन गरिने ती चमेनागृहमा वस्तुको परिमाण, गुण र मूल्य सामान्य प्रशासन मन्त्रालयको कर्मचारी कल्याण शाखाले तोकिदिने र बेलामौकामा गुणस्तर, सरसफाइ छड्के जाँच गर्न सुझाइएको छ ।
आयोगले कर्मचारीलाई दैनिक खाजा भत्ता दिएपछि दिउँसोको कार्यालय बैठकमा खाजा खुवाउने काममा रोक लगाउन पनि सिफारिस गरेको छ ।
प्रदेश र स्थानीय तहमासमेत यो काममा रोक लगाई दिउँसो खाजा खुवाएको रकम वेरुजु मानेर असुली गर्न सुझाव दिइएको छ ।
कार्यालय समयमा कर्मचारीहरूलाई व्यवसायीक संघ संस्था, गैर सरकारी संस्था, दातृ निकायका कार्यक्रम, गोष्ठि तथा सेमिनारमा भाग लिन रोक लगाउन भनिएको छ । जानैपर्ने अवस्था रहेमा एकजनामात्रै प्रतिनिधित्वका लागि पठाउन सिफारिस गरिएको छ ।
कर्मचारीले यस्ता कामलाई प्राथामिकता दिँदा भ्रष्टाचार, कामचोर प्रवृत्ति, विकृति र विभेद निम्तिएको आयोगको निष्कर्ष छ ।
ताजा अपडेट
-
भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण
-
मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल
-
मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध
-
मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
प्रतिक्रिया