सिन्धुली बस दुर्घटना : मृत्यु हुनेको संख्या ६ पुग्यो
काठमाडौं । ओखलढुंगाबाट काठमाडौं तर्फ आउँदै गरेको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ६ जना पुगेको छ ।
ओखलढुंगाबाट काठमाडौं आउँदै गरेको बा २ ख ६५९६ नम्बरको बस आज बिहान ९ः१५ बजे सिन्धुलीकाे फिक्कल गाउँपालिकामा दुर्घटना भएको थियाे। दुर्घटना हुँदा २९ जना घाइते भएका छन् ।
घाइते भएकालाई खुर्कोटस्थित अस्पतालमा उपचारका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक राजकुमार सिलवालले जानकारी दिए । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया