आयोगको सुझाव : नियमित काम गरेवापत कर्मचारीलाई प्रोत्साहन भत्ता नदिऔं
काठमाडौं । पूर्व मुख्यसचिव लीलामणि पौड्यालको संयोजकत्वमा गठित उच्चस्तरीय तलब सुविधा आयोगले कर्मचारीलाई गर्नैपर्ने नियमित काम गरेवापत प्रोत्साहन भत्ता नदिन सिफारिस गरेको छ ।
कार्यालयका नियमित प्रकृतिका कार्य, प्रक्रियाहरू तथा आचरणजस्ता विषय कर्मचारीका अनिवार्य काम हुन् । त्यसवापत प्रोत्साहन भत्ता दिने प्रचलन अनुचित रहेको आयोगले जनाएको छ ।
साथै १० बजे हाजिर हुने र पोशाक लगाउने कार्यलाई प्रोत्साहनको आधार बनाइनु नहुने आयोगको अडान छ । बरू सधैं पोसाक लगाउने र समयमै कार्यालयमा आउने, समयसम्म बस्ने कर्मचारीमात्र थप प्रोत्साहन भत्ताका लागि योग्य हुन्छ भनि त्यसलाई ‘थ्रेसहोल्ड’ को रूपमा राख्न सकिने आयोगको सुझाव छ ।
वस्तुनिष्ठ सूचकको आधारमा कार्यालयको परिणाम, कर्मचारीले सम्पादन गरेको व्यक्तिगत परिणाम , कर्मचारीले सम्पादन गरेको व्यक्तिगत परिणाम, सेवाप्रवाहको गुणस्तर, बजेटमा मितव्ययिता, नवीन खोज, समाजमा परेको प्रभाव तथा नागरिकको कार्यालयप्रतिको सन्तुष्टिसमेत समावेश गरी प्रोत्साहन भत्ता दिने जनाइएको छ ।
तोकिएको थ्रेसहोल्ड कायम गरेको या त्यो भन्दा बढी काम गरेको अवस्थामामात्रै तलबको १० प्रतिशत हुनेगरी प्रोत्साहन भत्ताको व्यवस्था गर्न सिफारिस गरिएको छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया