सात महिनामा पुँजीगत खर्च ६६ अर्ब
काठमाडाैं । आर्थिक वर्ष २०७९/८० को सात महिनामा संघीय सरकारको कुल खर्च ६ खर्ब ६७ अर्ब ६६ करोड भएको छ ।
नेपाल सरकार, अर्थ मन्त्रालय (महालेखा नियन्त्रक कार्यालय) का अनुसार समीक्षा अवधिमा चालु खर्च, पुँजीगत खर्च र वित्तीय व्यवस्था खर्चतर्फ क्रमशः ५ खर्ब ३१ अर्ब ५० करोड, ६६ अर्ब ३० करोड र ६९ अर्ब ८६ करोड रहेको छ ।
समीक्षा अवधिमा संघीय सरकारको कुल राजस्व परिचालन (प्रदेश सरकार तथा स्थानीय सरकारमा बाँडफाँट हुने रकम समेत) ५ खर्ब १४ अर्ब ६९ करोड भएको छ । समीक्षा अवधिमा यसअन्तर्गत कर राजस्व तर्फ ४ खर्ब ६४ अर्ब १९ करोड र गैर कर राजस्वतर्फ ५० अर्ब ५० करोड परिचालन भएको छ ।
नेपाल सरकारको नगद मौज्दात
२०७९ माघ मसान्तमा यस बैंकमा रहेका सरकारका विभिन्न खातामा २०४ अर्ब ९२ करोड (प्रदेश सरकार तथा स्थानीय सरकारको खातामा रहेको रकम समेत) नगद मौज्दात रहेको छ । २०७९ असार मसान्तमा यस्तो मौज्दात २३२ अर्ब ५३ करोड रहेको थियो ।
ताजा अपडेट
-
कांग्रेसको आधिकारिकता विवाद फेरि सर्वोच्चमा
-
पाँच हजार अमेरिकी डलर बराबरको रकम भन्सार घोषणा नगरी ल्याउन पाइने
-
कांग्रेसको आधिकारिकता विवाद फेरि सर्वोच्चमा
-
अर्ग्यानिक उत्पादन प्रवर्द्धनका समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
-
दीपक भट्टसित जोडिएका मृगेन्द्रनाथ रिमाल पक्राउ


प्रतिक्रिया