कुलमान घिसिङको उपस्थितिमा दुगड ग्रुपले ल्यायो नयाँ ‘इलेक्ट्रिक स्कुटर’, यस्ता छन् विशेषता
काठमाडौं । इन्धनको बढ्दो मूल्यसँगै हिजोआज बजारमा विद्युतीय साधनको प्रयोग बढ्न थालेको छ ।
विद्युतीय सवारीमा थप ‘भेराइटी’ पस्किने उद्देश्यले नेपाली बजारमा नयाँ स्कुटर सार्वजनिक भएको छ । दुगड ग्रुपले आजबाट जेसिस ब्रान्डको विद्युतीय स्कुटर भित्र्याएको हो ।
आज राजधानीमा एक कार्यक्रम गर्दै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको प्रमुख आतिथ्यमा उक्त स्कुटर सार्वजनिक गरिएको छ । कम्पनीले आज तीनवटा रङको उक्त स्कुटर सार्वजनिक गरेको छ । इन्डोनेसियन ब्राण्डको यो स्कुटरको पहिलो शोरुम नक्सालमा स्थापना गरिएको छ ।
यो स्कुटरले एक पटक चार्ज गरेपछि १०० किलोमिटर कुदाउन सकिन्छ । स्कुटरमा ५ केडब्लूको विद्युतीय मोटर जडान गरिएको छ भने ७१ भोल्ट र २० एएच लिथियम आयन ब्याट्री जडित छ ।
सिंगल ब्याट्री भएको स्कुटरको मूल्य ३ लाख ४९ हजार ९ सय रूपैयाँ छ भने डबल ब्याट्री रहेको स्कुटरको मूल्य ४ लाख ९ हजार ९ सय रूपैयाँ छ ।

यस्ता छन् यसका विशेषता :
१.स्कुटर रातो, सेतो र कालो गरी तीन रङमा उपलब्ध रहेको छ ।
२.नेपालमा उपलब्ध भएको अहिलेसम्मकै सबैभन्दा ठूलो टायर भएको विद्युतीय स्कुटर हो ।
३.अन्य स्कुटरमा नभएको मोनो सक यो स्कुटमा रहेको छ । जसले गर्दा ग्राभेल सडक तथा खाल्डाखुल्डी बाटोमा चलाउँदा समेत बढी लचकता हुने भएकाले चालकले आनान्दको महसुस गर्न सक्नेछन् ।
४.अन्य स्कुटरमा नभएको ड्राइ बेल्ट यस स्कुटरमा रहेको छ ।
५.दुइवटा डिस ब्रेक जडान गरिएको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया