किताबखानासँग छैन सचिव र सहसचिवको शैक्षिक विवरण, ७ दिनभित्र बुझाउन निर्देशन
काठमाडौं । राष्ट्रिय किताबखाना निजामतीले नेपाल सरकारका सचिव र सह सचिव तहका कर्मचारीहरूलाई ७ दिनभित्र आफ्नो व्यक्तिगत विववरण अद्यावधिक गर्न सूचना जारी गरेको छ ।
सरकारले कर्मचारीको सरूवा, बढुवा र पदस्थापन उनीहरूको विज्ञताका आधारमा गर्ने तयारी गरेसँगै किताबखानाले यस्तो सूचना जारी गरेको हो ।
किताबखानाका महानिर्देशक डा टोकराज पाण्डेका अनुसार कतिपय कर्मचारीको सेवा प्रवेश गर्दाकोमात्रै शैक्षिक विवरण रहेको छ भने कतिपयको सरुवा बढुवाको विवरण पनि छैन ।
सरकारको तयारीसँगै समयमै विवरण अद्यावधिक गर्न लागिएको उनले जानकारी दिए । ‘यो निर्णय सबै सेवा समूहका कर्मचारीका लागि हो,’ उनले भने । निजामती सेवा नियमावली २०५० को नियम १० मा भएको व्यवस्था बमोजिम यस्तो निर्णय गरेको बुझिएको छ ।
सचिव र सहसिचवको पदमा पुगेका कतिपय कर्मचारीहरू सुरुमा खरिदार वा नायब सुब्बा तहको पदबाट सेवा प्रवेश गरेका थिए ।
त्यतिबेला उनीहरूले व्यक्तिगत विवरणमा एसएलसी वा प्रविणता प्रमाणपत्र तहकोमात्रै शैक्षिक प्रमाणपत्र अद्यावधिक गराएका थिए ।
उनीहरूको थप शैक्षिक योग्यताको प्रमाणपत्र हाल किताबखानासँग छैन । विवरण अद्यावधिक गर्न किताबखानाको वेबसाइटमा रहेको इमेल मार्फत वा स्वय कागजात लिइ पुल्चोकस्थित कार्यालयमा गइ विवरण अवधिक गर्न सकिने किताबखानाले जनाएको छ ।
हाल निजामती सेवामा सचिव सरहका ७० र सहसचिव सरहका सबै सेवा समूहका झन्डै ७ सय ५३ कर्मचारीहरू कार्यरत रहेका छन् ।
सरकारले छिटै नै संघीय निजामती सेवा ऐन जारी गर्दै छ ।

ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया