NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

नबिल बैंकको नयाँ ब्याजदर सार्वजनिक, कुनमा कति ?

काठमाडौं । नबिल बैंकले भोलि (चैत्र १ गते) बाट लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ ।

यसभन्दा अघि बैंकर्स संघले ब्याजदर घटाउने निर्णय गरेसँगै नबिल बैंकले घटाएर नयाँ ब्याजदर प्रकाशन गरेको छ ।

नयाँ ब्याजदरअनुसार बैंकले बचत खातामा न्युनतम ६ प्रतिशतदेखि अधिकतम ९ प्रतिशतसम्म ब्याजदर कायम गरेको छ । बचतखाताअन्तर्गत नबिल जर्नर सेभिङ अकाउन्ट, नबिल प्रिमियम नारी बचत खाता, नबिल कर्पोरेट स्टाफ सेभिङ अकाउन्ट, नबिल बचत योजना, नबिल जेष्ठ बचत खाता, नबिल बाल बचत खाता, नबिल रेमिट्यान्स सेभिङ अकाउन्ट, नबिल सोसियल सेभिङ अकाउन्टमा ६ प्रतिशसत ब्याजदर प्रदान गरेको छ । त्यस्तै नबिल जेन एन अकाउन्ट, नबिल सहुलियत खाता, कर्पोरेट जनरल सेभिङ, नबिल जेन अल्फा सेभिङ नबिल गौरव बचत खातामा पनि ६ प्रतिशत नै ब्याजदर कायम गरेको छ ।

नबिल सेयरहोल्डर्स बचत खाता र नबिल प्रिमियम प्यारल बचत खातामा ६.५०, कर्पोरेट प्रिमियम सेभिङमा ७ प्रतिशत, नबिल गोल्ड सेभिङ अकाउन्ट र कर्पोरेट सुपर सेभिङमा ८ प्रतिशत र नबिल प्रिमियम रेमिट्यान्स सेभिङ अकाउन्टमा ९ प्रतिशत ब्याजदर प्रदान गरेको छ ।

त्यस्तै निक्षेपमा ९ प्रतिशतदेखि १२ प्रतिशतसम्म ब्याजदर कायम गरेको छ । फिक्स डिपोजिटअन्तर्गत ३ महिना र त्यसभन्दा बढीको बचतमा ११ प्रतिशत, ६ महिनाभन्दा बढीको बचतमा ९ प्रतिशत, नबिल प्रिमियम फिक्स डिपोजिटमा १२ प्रतिशत र क्युमेलिटिभ फिक्स डिपोजिट(१वर्ष) को लागि ११ प्रतिशत ब्याजदर प्रदान गरेको बैंकले जनाएको छ । बैंकले कल डिपोजिटमा ३ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ।

कर्जाअन्तर्गत बैंकले न्युनतम २ प्रतिशतदेखि १४.९९ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ ।

कर्जाअन्तर्गत डिरेक्टिट सेक्टरमा ५ प्रतिशतसम्म, डिप्रिभ्ड सेक्टरमा २ प्रतिशत, डाइरेक्ट डिप्रिभ्ड सेक्टर ५ प्रतिशतसम्म्, एक्सपोर्ट फाइनान्समा ५ प्रतिशतसम्म, टर्म लोनमा ५ प्रतिशतसम्म, वर्किङ क्यापिटल लोन, सर्ट टर्म लोन, व्यक्तिगत अटो फाइनान्स, नबिल सक्षम कर्जा, नबिल नारी कर्जा, नबिल सजिलो कर्जामा पनि ५ प्रतिशतसम्म ब्याजदर कामय गरेको छ ।

फिक्स रेट बिजनेस टर्म कर्जामा ५ वर्षसम्मको अवधिको लागि १३.५०, ५ देखि १० वर्ष अविधको लागि १३.७५,  र १० वर्षभन्दा माथिको लागि १४ प्रतिशतसम्म ब्याजदर प्रदान गरेको छ ।