ग्लोबल आइएमई बैंकले सार्वजनिक गर्यो नयाँ ब्याजदर, कुनमा कति ?

काठमाडौं । ग्लोबल आइएमई बैंकले भोलि (चैत्र १ गते) बाट लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ ।
बैंकर्स संघको निर्णयले वाणिज्य बैंकहरूको ब्याजदर घटाउने निर्णय गरेसँगै ग्लोबल बैंकले घटाएर नयाँ ब्याजदर प्रकाशन गरेको छ ।
नयाँ ब्याजदरअनुसार बैंकले बचत खातामा न्युनतम ६ प्रतिशतदेखि अधिकतम ८ प्रतिशतसम्म ब्याजदर कायम गरेको छ । त्यस्तै निक्षेपमा ९ प्रतिशतदेखि १२ प्रतिशतसम्म ब्याजदर कायम गरेको छ ।
बैंकले कल डिपोजिटमा ३ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ। त्यस्तै ग्लोबल एनआरएन एफसिवाइ फिक्स डिपोजिटअन्तर्गत न्युनतम ३.५० प्रतिशतदेखि ७.२५ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ ।
कर्जाअन्तर्गत बैंकले न्युनतम २ प्रतिशतदेखि १४ प्रतिशतसम्म ब्याजदर कायम गरेको छ ।
बैंकले कर्पोरेट/मिड कर्पोरेटअन्तर्गत २.५० प्रतिशतदेखि ५ प्रतिशतसम्म, एसएमइअन्तर्गत न्युनतम ३ प्रतिशतदेखि ५ प्रतिशतसम्म, रिटेल एण्ड अन्य प्रडक्टहरूमा जस्तै होम लोन, अटो लोन, एजुकेशन लोनलगायतमा ११ प्रतिशतदेखि १४ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ ।
ताजा अपडेट
-
युएई जाने नेपाली श्रमिकको तलब निर्धारण
-
उद्धार अभ्यासका क्रममा गोताखोरका दुई सशस्त्र प्रहरी सप्तकोशीमा बेपत्ता
-
‘लगानी बोर्डको बैठक : मुक्तिनाथ केवलकार परियोजनाको लगानी स्वीकृत
-
साताको अन्तिम दिन नेप्से परिसूचक पाँच दशमलव ९९ अङ्कले घट्यो
-
राष्ट्रिय सभामा सांसदहरुले भने- ‘आगामी आवको बजेट सन्तुलित र यथार्थपरक छ’
प्रतिक्रिया