NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दै, के–के छन् एजेण्डा

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ । उपराष्ट्रपति निर्वाचन, मन्त्रिपरिषद् विस्तारलगायत सन्दर्भमाझ कांग्रेसले केन्द्रीय समिति बैठक बोलाएको हो ।

कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले अहिले बिहान ११ बजे बस्ने गरी बैठक आह्वान भएको जानकारी दिए ।

उपराष्ट्रपति निर्वाचन, चितवन र तनहुँमा हुने उपनिर्वाचन लगायतका विषय बैठकको मूल एजेण्डा हुने जनाइएको छ ।

राष्ट्रपति कांग्रेसको भागमा परे पनि उपराष्ट्रपति जसपाले पाएको छ । उपराष्ट्रपति निर्वाचन चैत ३ गते हुँदैछ ।

त्यसैगरी, चितवन, तनहुँ र उपराष्ट्रपतिका उम्मेदवार निर्वाचित हुने क्षेत्रमा उपनिर्वाचन गर्ने निर्वाचन आयोगको तयारी छ । यी क्षेत्रमा पार्टीका तर्फबाट उठाइने उम्मेदवार, रणनीतिलगायत विषयमा पनि आजको बैठकमा छलफल हुने कांग्रेसका एक नेताले जानकारी दिए ।