NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

एनआइसी एशियाको ‘कार्डलेस विथ ड्र’ सुविधा, कार्डबिना नै यसरी प्राप्त गर्नुहोस् रकम

काठमाडाैं । वर्तमान समय डिजिटल युगको समय हो । अहिले हरेक मानिस प्रविधिमा निर्भर हुन थालेका छन् । नयाँ नयाँ प्रविधिको विकास भएसँगै अब मानिस प्रविधिकै प्रयोग गरी कामलाई थप छिटो छरितो र झन्झटमुक्त हुन चाहान्छन् । प्रविधिको विकास तीव्र रुपमा बढ्दै गएसँगै व्यापार, व्यवसाय गर्ने कम्पनीदेखि सेवा प्रदान गर्ने संस्थालाई यसको प्रयोग गर्नमा थप चुनौती थपेको छ ।

अबका कम्पनी संघसंस्थाहरु अनिवार्य रुपमा प्रविधिमा जोडिनुपर्ने परिस्थिति सिर्जना भइसकेको छ । एनआइसी एशिया बैंकले पनि प्रविधिलाई पछ्याउँदै समयसापेक्ष कम्पनीका सेवाहरुलाई प्रविधिमैत्री बनाउँदै गएको छ ।

एनआइसीले सञ्चालनमा ल्याएका विभिन्न डिजिटल सुविधामध्ये ‘कार्डलेस विथ ड्र’ सुविधा ल्याएको छ । एटिएम कार्डबिना नै सजिलै रकम झिक्न मिल्ने यो सुविधा बैंकले ल्याएको पछिल्लो प्रविधिमा आधारित डिजिटल सुविधा हो ।

ग्राहकले कार्डको प्रयोगबिना मोबाइल र डाटाको प्रयोग गरी यो सुविधा लिन सक्ने बैंकले जनाएको छ ।

कसरी लिने सुविधा ?

बैंकका अनुसार यो सेवा लिनका लागि एनआइसीमा खाता हुनुपर्ने छ । त्यस्तै ग्राहकले मोबाइल बैंकिङ एप सेवा लिएको हुनुपर्छ । यो सुविधा प्रयोग गर्न ग्राहकले पहिलो स्टेपमा एनआइसीको मोबाइल बैंकिङ एपमा लग इन गरी कार्डलेस विथ ड्र मा क्लिक गर्नुपर्छ ।

दोस्रो स्टेपमा आफूलाई चाहेको रकम राखेर सबमिट मा थिच्नुपर्छ । त्यसपछि तेस्रो स्टेपमा फिंगरप्रिन्ट वा ट्रान्जेक्सन पिनले कन्फर्म गर्नुपर्छ ।
चौँथा स्टेपमा ग्राहकले खोलेको खातामा रजिस्टर्ड गरेको नम्बरमा ओटिपी कोड आउने छ । जुन कोड एक घण्टाको लागि मात्रै मान्य हुने बैंकले जनाएको छ ।

त्यसपछिको स्टेपमा रकम झिक्नको लागि एटिम मेसिनमा रहेको कार्डलेस टा«न्जेक्सन छानेर क्लिक गर्नुपर्छ । त्यसपछि अन्तिम स्टेपमा ओटिपी कोड र झिक्नुपर्ने रकम राख्नुपर्ने हुन्छ । यसरी सजिलै हातमा रकम प्राप्त गर्न सक्नेछन् ।