NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

अमेरिकी बैंकिङ संकट : सिलिकन भ्याली र सिग्नेचरपछि फर्स्ट रिपब्लिक बैंकमा पनि ताला लाग्दै

एजेन्सी । अमेरिकामा बैंकमा आएको सुनामीले बैंकिङ क्षेत्र गहिरो संकटमा देखिएको छ । एक सातामै तीन वटा तीन ठूला बैंक बन्द हुने अवस्थामा पुगेका छन् ।

सुरूमा सिलिकन भ्याली बैंक बन्द गर्ने निर्णय गरिएको थियो । त्यसपछि सिग्नेचर बैंक बन्द भयो । अब फर्स्ट रिपब्लिक बैंकमा पनि बन्द हुन अवस्थामा पुगेको छर ।

बैंकको सेयरमा तीव्र गिरावट

ब्लूमबर्गका अनुसार फर्स्ट रिपब्लिक बैंकको स्टक ६१.८३ प्रतिशतले घटेको छ । गत साताको गिरावटलाई हेर्ने हो भने फर्स्ट रिपब्लिक बैंकको स्टकको मूल्य ७४.२५ प्रतिशतले घटेको छ । पछिल्लो कारोबार दिनमा यसको मूल्य प्रति शेयर १९ डलरको न्यून बिन्दुमा पुगेको थियो । सिलिकन भ्याली बैंक र सिग्नेचर बैंकमा पनि यस्तै अवस्था सिर्जना भएको थियो र  यी दुवै बैंकमा ताला लगाइयो । अब यो ठूलो बैंक पनि ध्वस्त हुने सम्भावना देखिएको छ ।

ग्लोबल रेटिङ एजेन्सी मुडीजले पनि समीक्षाअन्तर्गत राखिएका ६ अमेरिकी बैंकमध्ये फर्स्ट रिपब्लिक बैंकलाई पहिलो नम्बरमा राखेको छ । यसबाहेक रेटिङ एजेन्सीले Zions Bancorporation, Western Aliens Bancorp, Comerica Inc, UMB Financial Corporation र Intrust Financial Corporation को रेटिङ पनि घटाएर समीक्षाअन्तर्गत राखिएको छ । यसअघि मुडीजले सिग्नेचर बैंकलाई ‘सी’ रेटिङ दिएको थियो । तर सोमबार न्यूयोर्कस्थित सिग्नेचर बैंकको ऋण रेटिङ पनि घटाइएको छ । एजेन्सीको यो कदम अमेरिकी बैंकिङ क्षेत्रका लागि ठूलो धक्का हो।

२००८ को जस्तै हालत

अमेरिकामा एकपछि अर्बो बैंकमा संकटग्रस्थ हुँदै गएपछि सन् २००८ जस्तो मन्दीको खतरा गहिरिँदै गएको छ । त्यो वर्ष बैंकिङ फर्म लेहम्यान ब्रदर्सले मन्दीको खतराबारे पूर्वनिर्धारित (Default) घोषित गरेको थियो । यसपछि अमेरिकासहित विश्वमा आर्थिक मन्दी छाएको थियो । त्यतिबेला अर्थतन्त्रमा गहिरो संकट देखिएको थियो ।

अमेरिकी बैंकिङ इतिहासमा सन् २००८ पछि दोस्रो ठूलो शटडाउन देखिएको छ । जस्तै अहिले सिलिकन भ्याली र सिक्नेचर बैंक पनि अब फर्स्ट रिपब्लिक बन्द हुने अवस्थामा पुगेको छ ।

दिग्गज अमेरिकी लगानीकर्ता बिल एकम्यानले अमेरिकाको बैंकिङ क्षेत्रमा यसबाहेक अरू पनि बैंकहरू बन्द हुन सक्ने सम्भावना व्यक्त गरेका छन् ।