NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

दोहोरो अंकले घट्यो नेप्से, एनआइसी एसियाको सर्वाधिक कारोबार

काठमाडौं । सेयरबजारमा बुधबार नेप्से दोहोरो अंकले घटेको छ । नेप्से परिसूचकमा आज १४.४४ अङ्कले घटेर १९३८.६२ विन्दुमा कायम भएको छ ।

आज दुई सय ५३ कम्पनीको २५ हजार ४९१ पटक कारोबारमा ३७ लाख १८ हजार ६८४ कित्ता शेयर खरिदबिक्री हुँदा एक अर्ब २० करोड २१ लाख ४१ हजार रूपैयाँ बराबरको कारोबार भएको छ ।

आज व्यापारबाहेक बाँकी सबै समूहको उपसूचक घटेको छ व्यापार ०.५१ प्रतिशत बढेको छ ।

घटेका उपसमूहरूमा सबैभन्दा बढी माइक्रोफाइनान्स १.८६ प्रतिशतले घटेको छ । अरू उपसमूहरूमा बैंकिङ ०.७८, विकास बैंक ०.७६, होटल तथा पर्यटन ०.२४, जलविद्युत ०.३८, लगानी ०.६७, जीवन बीमा ०.७१, उत्पादन ०.७२, म्युचल फण्ड ०.२०, नीर्जीवन ०.१९ र अन्य ०.२९ प्रतिशतले घटेको छ ।

बुधबार युनिक नेपाल लघुवित्त वित्तिय संस्था र सुभम पावरका लगानीकर्ताले सर्वाधिक ०.९९ प्रतिशतका दरले कमाएका छन् । त्यस्तै बिन्दाबासिनी हाइड्रोपावर ६.४२, रूरू ५.७३ र मनकामना स्मार्ट लघुवित्तका लगानीकर्ताले ५.७१ प्रतिशतका दरले कमाएका छन् ।

आज किसान लघुवित्तका लगानीकर्ताले सर्वाधिक ५.९० प्रतिशतका दरले गुमाएका छन् । बारही हाइड्रोपावर ५.२२, स्वरोजगार लघुवित्त ३.९८ र फस्ट माइक्रो फाइनान्सका लगानीकर्ताले ३.९१ प्रतिशतका दरले गुमाएका छन् ।

आज कारोबार रकमको आधारमा एनआइसी एसिया बैंक लिमिटेडको सर्वाधिक १० करोड ३५ लाख २२ हजार ३३ रूपैयाँको कारोबार भएको छ । दोस्रोमा सानिमा मे हाइड्रोपावरको ७ करोड १६ लाख रूपैयाँको कारोबार भयो ।

नबिल बैंकको ४ करोड २९ लाख, शिभम् सिमेन्ट ४ करोड १ लाख र हिमालय डिष्टिलरीको ३ करोड ९७ लाख रूपैयाँको कारोबार भइ शीर्ष पाँचमा प्रवेश गरेका छन् ।