एकल अंकले घट्यो नेप्से, यी कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से एकल अंकले घटेको छ । बिहीबार नेप्से ५.३२ अंकले घटेर १९३३.३३ विन्दुमा कायम भएको छ ।
आज दुई सय ५८ कम्पनीको २६ हजार ३७५ पटक कारोबारमा ३४ लाख २ हजार २६७ कित्ता शेयर खरिदबिक्री हुँदा एक अर्ब १४ करोड १४ लाख ५५ हजार रूपैयाँ बराबरको कारोबार भएको छ ।
आज चार उपसमूहबाहेक बाँकी सबै समूहको उपसूचक घटेको छ । बढेका उपसमूहरमा सबैभन्दा बढी व्यापार १.४१ प्रतिशतले बढेको छ । त्यस्तै जलविद्युत ०.०१, लगानी ०.३५, अन्य ०.१२ प्रतिशतले बढेको छ ।
घटेका उपसमूहरूमा बैंकिङ ०.३९, विकास बैंक ०.४०, वित्त ०.३३, होटल तथा पर्यटन १.१४, जीवन बीमा ०.३६, उत्पादन ०.१४, माइक्रोफाइनान्स ०.९०, म्युचल फण्ड ०.२६ र नीर्जीवन बीमा ०.२५ प्रतिशतले घटेको छ ।
बिहीबार युनिक नेपाल लघुवित्त वित्तिय संस्था र सुभम पावरमा सकारात्मक सर्किट लागेको छ । ती कम्पनीका लागनीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । लिवर्टी इनर्जी ४.९८, किसान लघुवित्त ४.९३, वीन नेपाल लघुवित्तका लगानीकर्ताले ४.२५ प्रतिशतका दरले कमाएका छन् ।
त्यस्तै बिहीबार लक्ष्मी लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताले सर्वाधिक ५.७६ प्रतिशतका दरले गुमाएका छन् । नयाँ सारथी लघुवित्त ४.८०, प्रभु लाइफ इन्स्योरेन्स ४.७४, ग्रिन डेभलपमेन्ट ४.६८ र सानिमा ग्रोथ फण्डका लगानीकर्ताले ४.२० प्रतिशतका दरले गुमाएका छन् ।
बिहीबार कारोबार रकमको आधारमा एनआइसी एसिया बैंक लिमिटेडको सर्वाधिक ४ करोड ९४ लाख ९२ हजार ६१९ रूपैयाँको कारोबार भएको छ । दोस्रोमा नबिल बैंकको ३ करोड ९६ लाख ८३ हजार रूपैयाँको कारोबार भयो ।
हिमालय डिष्टिलरीको ३ करोड ८३ लाख २ हजार, नेपाल लाइफ इन्स्योरेन्स तीन करोड ३० लाख र सिदार्थ बैंक लिमिटेडको २ करोड ५६ लाख रूपैयाँको कारोबार भइ शीर्ष पाँचमा प्रवेश गरेका छन् ।
ताजा अपडेट
-
जलवायु परिवर्तन सम्बन्धि कार्यक्रममा वर्ल्ड मर्चेन्ट इन्भेष्टमेन्टको सहकार्य
-
रुस-युक्रेन वार्ता : जेलेनस्कीले गरे ट्रम्पलाई टर्की भ्रमण गर्न आग्रह
-
प्रतिनिधिसभामा प्रिबजेटमाथि १८ घण्टा छलफल हुने
-
साइम कलेज र टोक्मा टेक्नोलोजिजबीच शैक्षिक-उद्योग सहकार्यका लागि सम्झौता
-
‘के वन क्रस १७५’ प्रतियोगितामा भिड्दै ‘हिमचितुवा’
प्रतिक्रिया