बालबालिकालाई स्वस्थ राख्न के खुवाउने ?
एजेन्सी । बालबालिकाको स्वास्थ्यका लागि उनीहरूले खाने खाना स्वस्थ हुन आवश्यक छ । उनीहरूले लिने आहारले नै बालबालिकाको शारीरीक र मानसिक विकास हुन्छ ।
बालबालिकाकाले खाने आहार र वातावरणले उनीहरुको मस्तिस्कमा बढी प्रभाव पार्छ । त्यसैले बालबालिको वृद्धि विकासका लागि अभिभावकले उनीहरुले गर्ने खानपान र जीवनशैलीमा ध्यान दिन जरुरी छ । आफ्नो बच्चालाई कस्तो खानपान गराउने भन्ने कुरा आम अभिभावको चिन्ताको विषय हो । अभिभावकले बालबालिकालाई सकेसम्म दिमाग तेजिलो बनाउने खानपानमा जोड दिनुपर्छ ।
जसले उनीहरुलाई फूर्तिलो र तेजिलो बनाउँछ । बालबालिकाको दिमाग तेज हुँदा उनीहरूको स्मरण शक्ति पनि तेजिलो हुन्छ । यसका लागि उनीहरूलाई ड्राई फ्रुट्स खुवाउन सकिन्छ । ड्राइ फुट्समा प्रोटिन, भिटामिन, खनिज र आवश्यक फ्याटी एसिडमा प्रशस्त हुन्छन्। जसले बालबालिकाको विकास राम्रो गराउँछ ।
यसैगरी, बालबालिकाको विकासको लागि क्याल्सियम पनि अत्यावश्यक छ । त्यसैले उनीहरूलाई दिन र रातिमा एक गिलास दूध पनि दिन सकिन्छ । दूधमा क्याल्सियम प्रशस्त मात्रामा पाइन्छ । अण्डा, माछामासु, हरियो सागसब्जी यी सबै बालविकासका लागि अत्यावश्यक खानेकुरा हुन् । यी खानपानले उनीहरूको मानसिक र शारीरीक स्वास्थ्य सन्तुलनमा राख्छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया