बालबालिकालाई स्वस्थ राख्न के खुवाउने ?
एजेन्सी । बालबालिकाको स्वास्थ्यका लागि उनीहरूले खाने खाना स्वस्थ हुन आवश्यक छ । उनीहरूले लिने आहारले नै बालबालिकाको शारीरीक र मानसिक विकास हुन्छ ।
बालबालिकाकाले खाने आहार र वातावरणले उनीहरुको मस्तिस्कमा बढी प्रभाव पार्छ । त्यसैले बालबालिको वृद्धि विकासका लागि अभिभावकले उनीहरुले गर्ने खानपान र जीवनशैलीमा ध्यान दिन जरुरी छ । आफ्नो बच्चालाई कस्तो खानपान गराउने भन्ने कुरा आम अभिभावको चिन्ताको विषय हो । अभिभावकले बालबालिकालाई सकेसम्म दिमाग तेजिलो बनाउने खानपानमा जोड दिनुपर्छ ।
जसले उनीहरुलाई फूर्तिलो र तेजिलो बनाउँछ । बालबालिकाको दिमाग तेज हुँदा उनीहरूको स्मरण शक्ति पनि तेजिलो हुन्छ । यसका लागि उनीहरूलाई ड्राई फ्रुट्स खुवाउन सकिन्छ । ड्राइ फुट्समा प्रोटिन, भिटामिन, खनिज र आवश्यक फ्याटी एसिडमा प्रशस्त हुन्छन्। जसले बालबालिकाको विकास राम्रो गराउँछ ।
यसैगरी, बालबालिकाको विकासको लागि क्याल्सियम पनि अत्यावश्यक छ । त्यसैले उनीहरूलाई दिन र रातिमा एक गिलास दूध पनि दिन सकिन्छ । दूधमा क्याल्सियम प्रशस्त मात्रामा पाइन्छ । अण्डा, माछामासु, हरियो सागसब्जी यी सबै बालविकासका लागि अत्यावश्यक खानेकुरा हुन् । यी खानपानले उनीहरूको मानसिक र शारीरीक स्वास्थ्य सन्तुलनमा राख्छ ।
ताजा अपडेट
-
केन्द्रीय विद्युत् प्रसारण लाइन पुगेपछि फेरियो भोजपुरको दुर्गम गाउँको दैनिकी
-
मोबाइल बैंकिङ प्रयोगकर्ता ३ करोड नाघे, चाडपर्वमा बढ्यो डिजिटल कारोबार
-
बेनी-जोमसोम-कोरला सडकमा १ अर्बको क्षति, पुनर्निर्माण गर्न ४ अर्ब लाग्ने
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी


प्रतिक्रिया