उपराष्ट्रपति निर्वाचनमा पनि राप्रपा तटस्थ

काठमाडौं । राष्ट्रपतिमा कुनै पनि उम्मेदवारलाई मतदान नगरेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) उपराष्ट्रपतिको निर्वाचनमा पनि तटस्थ बस्ने भएको छ ।
राप्रपाको यही बुधबार सम्पन्न केन्द्रीय कार्यसम्पादन समिति बैठकले उपराष्ट्रपति निर्वाचनमा कुनै पनि उम्मेदवारलाई मत नहाल्ने निर्णय लिएको हो ।
यसअघि फागुन २५ मा सम्पन्न राष्ट्रपति निर्वाचनमा पनि राप्रपाले मतदान नगर्ने निर्णय लिएको थियो ।
उपराष्ट्रपतिको निर्वाचन अहिले बिहान १० बजेदेखि ३ बजेसम्म हुँदैछ । सो पदका लागि अष्टलक्ष्मी शाक्य, रामसहायप्रसाद यादव र ममता झा प्रतिस्पर्धामा छन् । उनीहरू क्रमशः एमाले, आठदलीय गठबन्धन र जनमत पार्टीको समर्थनमा उम्मेदवार बनेका हुन् ।
ताजा अपडेट
-
गृह मन्त्रालयका सहसचिव भट्टराई नियन्त्रणमा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा अख्तियारको छापा
-
अभिनेत्री वर्षा राउत सीजी मोटर्सको ब्रान्ड एन्डोर्सरमा नियुक्त
-
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनामाथि अख्तियारले चलायाे भ्रष्टाचार मुद्दा
-
गोरखामा बसको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु
प्रतिक्रिया