टेलिकमको ‘सजिलो अनलिमिटेड भ्वाइस एण्ड डाटा पोस्टपेड–६३६’ अफर

काठमाडौं । नेपाल टेलिकमले आज चैत ३ देखि लागू हुने गरी ‘सजिलो अनलिमिटेड भ्वाइस एण्ड डाटा पोस्टपेड–६३६’ प्याकेज अफर ल्याएको छ । नेपाल टेलिकमले पोस्टपेड मोबाइल प्रयोगकर्तालक्षित यस अफर ल्याएको जनाएको छ ।
टेलिकमका अनुसार ६३६ रुपैयाँमा उपलब्ध हुने उक्त अफर लिएपछि ३० दिनसम्म कम्पनीकै नेटवर्क भित्र अनलिमिटेड कल गर्न सकिने छ भने अन्य नेटवर्कमा १०० मिनेट कल गर्न सकिने छ । यस अफरमा अन नेट १५० वटा एसएमएस पठाउन सकिने सुविधा समेत उपलब्ध छ।
त्यसैगरी प्रत्येक दिन ३०० एमबी डाटा प्रयोग गर्न सकिने छ ।सो ३०० एमबी डाटा सकिएमा प्रत्येक दिन ६४ केबीपीएस गतिको इन्टरनेट प्रयोग गर्न सकिने सुविधा उपलब्ध हुनेछ । सजिलो अनलिमिटेड भ्वाइस एण्ड डाटा पोस्टपेड–६३६ प्याकेज प्राप्त गर्नका लागि ग्राहकले *1415# डायल गर्नुपर्ने छ ।
साथै, कम्पनीको ‘नेपाल टेलिकम’ एपको पोस्टपेड रेण्टल प्याकेज अन्तर्गत पनि यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ ।
ताजा अपडेट
-
रुस-युक्रेन युद्धमा ३ नेपाली मारिएको पुष्टि, दुई सातापछि घटना सार्वजनिक
-
चोरी सिकार नियन्त्रण गर्न युवालाई प्रशिक्षण
-
त्रिविको इञ्जिनियरिङमा आवेदन दिने बढे, प्रवेश परीक्षा दिने घटे
-
बागमतीसहित यी चार प्रदेशमा वर्षाको सम्भावना
-
यी २१ नेता जसले फिर्ता भएको एक सातामै फेरि लगे पिएसओ
प्रतिक्रिया