NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

प्रभु बैंक र सीजी मोटर्सबीच सवारीसाधनमा लगानीसम्बन्धी सम्झौता

काठमाडाैं । प्रभु बैंक लिमिटेड र सीजी मोटर्स प्रालिबीच विद्युतीय सवारीसाधनमा लगानीसम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

प्रभु बैंक र सीजी मोटर्स प्रालिबीच सम्पन्न उक्त सम्झौता अनुसार सीजी मोटर्स प्रालिबाट ग्राहकलाई सीजी मोटर्सले आयात गरेको नेटा भी मोडेल/ब्राण्डका इलेक्ट्रिक भेहिकल खरिद गर्दा छिटो, छरितो र सहजताका साथ प्रतिस्पर्धी व्याजदरमा सवारी साधन कर्जा प्राप्त गर्न सक्ने व्यवस्था भएको छ । हाल बैंकको देशभर रहेको ३६५ शाखाबाट नै कर्जा सुबिधा उपलब्ध हुने बैंकले जनाएको छ ।

यस सम्झौताबाट पेट्रोलियम पदार्थ खपतमा आधारित सवारीसाधनलाई विद्युतीय सवारीसाधनले प्रतिस्थापन गरी वातावरणीय सन्तुलनको दृष्टिकोणमा सहयोगी हुने बैंकले विश्वास लिएको छ।