प्रभु बैंक र सीजी मोटर्सबीच सवारीसाधनमा लगानीसम्बन्धी सम्झौता
काठमाडाैं । प्रभु बैंक लिमिटेड र सीजी मोटर्स प्रालिबीच विद्युतीय सवारीसाधनमा लगानीसम्बन्धी सम्झौता सम्पन्न भएको छ ।
प्रभु बैंक र सीजी मोटर्स प्रालिबीच सम्पन्न उक्त सम्झौता अनुसार सीजी मोटर्स प्रालिबाट ग्राहकलाई सीजी मोटर्सले आयात गरेको नेटा भी मोडेल/ब्राण्डका इलेक्ट्रिक भेहिकल खरिद गर्दा छिटो, छरितो र सहजताका साथ प्रतिस्पर्धी व्याजदरमा सवारी साधन कर्जा प्राप्त गर्न सक्ने व्यवस्था भएको छ । हाल बैंकको देशभर रहेको ३६५ शाखाबाट नै कर्जा सुबिधा उपलब्ध हुने बैंकले जनाएको छ ।
यस सम्झौताबाट पेट्रोलियम पदार्थ खपतमा आधारित सवारीसाधनलाई विद्युतीय सवारीसाधनले प्रतिस्थापन गरी वातावरणीय सन्तुलनको दृष्टिकोणमा सहयोगी हुने बैंकले विश्वास लिएको छ।
ताजा अपडेट
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै


प्रतिक्रिया