NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

एकल अंकले घट्यो नेप्से, तीन कम्पनीको मूल्यमा सर्किट

काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से एकल अंकले घटेको छ । आइतबार नेप्से ६.९० अंकले घटेर १९२६.४० विन्दुमा कायम भएको छ ।

आज दुई सय ५९ कम्पनीको ३० हजार ७७५ पटक कारोबारमा ३१ लाख ६३ हजार ३८९ कित्ता शेयर खरिदबिक्री हुँदा एक अर्ब ६ करोड ९८ लाख ४ हजार ८२५ रूपैयाँ बराबरको कारोबार भएको छ ।

आज पाँच उपसमूहबाहेक बाँकी सबै समूहको उपसूचक घटेको छ । बढेका उपसमूहरमा सबैभन्दा बढी होटल तथा पर्यटन ०.८७ प्रतिशतले बढेको छ । त्यस्तै जलविद्युत ०.२७, लगानी ०.२५, नीर्जीवन ०.०३ र व्यापार ०.१२ प्रतिशतले  बढेको छ ।

घटेका उपसमूहरूमा बैंकिङ ०.५४, विकास बैंक ०.४३, वित्त ०.००, जीवन बीमा ०.६६, उत्पादन ०.१०, माइक्रोफाइनान्स १.०५, म्युचल फण्ड १.१७ र अन्य ०.३७ प्रतिशतले घटेको छ ।

आइतबार तीन कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । आज मानुषी लघुवित्त वित्तिय संस्था, युनिक नेपाल लघुवित्त वित्तिय संस्था र शुभम् पावर लिमिटेडका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।

त्यस्तै आइतबार सानिमा ग्रोथ फण्डका लगानीकर्ताले सर्वाधिक ८.५६ प्रतिशतका दरले गुमाएका छन् ।  त्यस्तै सिर्जनशील लघुवित्त ७.३३, मनकामना स्मार्ट लघुवित्त ३.९५ र सबैका लघुवित्त ३.९३ प्रतिशतका दरले गुमाएका छन् ।

आज कारोबार रकमको आधारमा हिमालय डिष्टिलरीको सर्वाधिक  ६ करोड १० लाख ९८ हजार रूपैयाँको कारोबार भएको छ ।

दोस्रोमा शिभम् सिमेन्टको ४ करोड ५ लाख ९ हजार रूपैयाँको कारोबार भएको छ । त्यसैगरी एनआइसी एसिया बैंक लिमिटेडको ४ करोड ८४ हजार रूपैयाँको कारोबार भएको छ । नेपाल लाइफ इन्स्योरेन्सको ३ करोड ९१ लाख ९६ हजार र नबिल बैंकको ३ करोड ९ लाख ४ हजार रूपैयाँको कारोबार भयो ।