एक सय ३९ अपांगता भएका बालबालिका विद्यालय बाहिर
चितवन । चितवनको दुई पालिकामा एक सय ३९ अपांगता भएका बालबालिका विद्यालय बाहिर छन् । समावेशी शिक्षा परियोजनाले आइतबार आयोजना गरेको सञ्चारकर्मीसँग छलफलका क्रममा सो तथ्यांक सार्वजनिक गरिएको हो ।
भरतपुर महानगरपालिका र कालिका नगरपालिकामा रहेका दुई सय ८९ अपांग बालबालिकामध्ये एक सय ३९ विद्यालय जान नपाएका हुन् । भरतपुरमा अपांगता भएका बालबालिका एक सय दुई र कालिकामा ३७ विद्यालय बाहिर छन् । भरतपुरभित्र ५० र कालिकामा १९ बालबालिका जटिल प्रकारको अपांगता भएको पाइएको कार्यक्रममा राष्ट्रिय बहिरा महासंघकी शर्मिला तामाङले जानकारी दिइन् ।
उनीहरुलाई घरमा नै गएर सेवा दिइँदै आएको उनले बताइन् । इन क्लुसिभ फिउर्चस परियोजनाले दुई पालिकामा दुईवटा स्रोत केन्द्र सञ्चालन गर्दै आएको छ । भरतपुरको बालकुमारी माध्यमिक विद्यालय र कालिकाको रेडक्रस चोकमा केन्द्र सञ्चालन गर्दै आएको छ । भरतपुरमा अहिले तीन र कालिकामा नौ बालबालिका केन्द्रमा छन् ।
अटिजम केयर चितवन सोसाइटीकी प्रमिला न्यौपानले जिल्लामा अटिजम भएका पाँच सयभन्दा बढी बालबालिकाको अभिभावक सम्पर्कमा आएको जानकारी दिइन् । उनीहरुमध्ये तीन सय हाराहारी भरतपुरभित्रका छन् ।
विश्वमा जन्मने ४४ बालबालिकामध्ये एक जनामा अटिजमको समस्या देखिने गरेको उनले जानकारी दिइन् । भरतपुरले सञ्चालन गरेको अटिजम विद्यालयमा अहिले ३१ बालबालिका अध्ययन गर्दै आएका छन् ।
ताजा अपडेट
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै
-
जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते
-
विश्वकप फुटबलको फाइनल एनटीभी प्लसबाट निःशुल्क प्रत्यक्ष प्रसारण हुने
-
एमाले सांसदलाई संसदीय भूमिका र प्रक्रियाबारे अध्यक्ष ओलीले प्रशिक्षण दिने


प्रतिक्रिया