घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
काठमाडाैं । आइतबार हालसम्मकै उच्च मूल्य कायम गरेको सुनको मूल्य सोमबार घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा प्रतितोला सात सय रूपैयाँ घटेर एक लाख ९ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाल सुन प्रतितोला एक लाख १० हजार रूपैयाँ कायम भएको थियो ।
आज तेजावी सुन प्रतितोला एक लाख ८ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदी प्रतितोला १० रूपैयाँ घटेर एक हजार ३३० रूपैयाँ कायम भएको महासंघले जनाएको छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया