घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडाैं । आइतबार हालसम्मकै उच्च मूल्य कायम गरेको सुनको मूल्य सोमबार घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा प्रतितोला सात सय रूपैयाँ घटेर एक लाख ९ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाल सुन प्रतितोला एक लाख १० हजार रूपैयाँ कायम भएको थियो ।
आज तेजावी सुन प्रतितोला एक लाख ८ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदी प्रतितोला १० रूपैयाँ घटेर एक हजार ३३० रूपैयाँ कायम भएको महासंघले जनाएको छ ।
ताजा अपडेट
-
काठमाडौँ महानगरमा कक्षा ११ मा पढ्ने विद्यार्थीका लागि छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन खुला
-
नक्सालमा जनकपुरे माछा
-
किवीखेतीबाट गाउँमै भविष्य खोज्दै युवा
-
ताप्लेजुङमा पहिरोले घर पुरिँदा चार जना घाइते
-
राष्ट्रिय प्रसारण ‘ग्रीड कम्पनी’ र पाँच जलविद्युत् कम्पनीबीच ‘ग्रीड कनेक्सन’ सम्झौता
प्रतिक्रिया