अमेरिकाको मियामी बीच सहरमा हिंसाका घटना बढेपछि संकटकाल र कर्फ्यु

वासिङटन । अमेरिकाको फ्लोरिडा राज्यको एक सहरमा हिंसाका घट्ना बढेपछि कर्फ्यु आदेश जारी गरिएको छ ।सो राज्यको एक सहर मियामी बीचमा सो आदेश जारी गरिएको अधिकारीहरुले जनाएका छन् । सो सहरमा केही दिनयतादेखि गोली प्रहारका घट्ना बढेका छन् ।
आइतबार कर्फ्यु आदेश जारी गरिएको अधिकारीहरुले जानकारी दिएका छन् । ती अधिकारीका अनुसार सो आदेशअनुसार यहाँका नागरिक रातिको समयमा बाहिर निस्कन पाउने छैनन् । यो आदेश अर्को सोमबारसम्मका लागि जारी गरिएको सुरक्षा अधिकारीले जानकारी दिएका छन् ।
सो सहरमा शुक्रबार राति एकजनाको गोली हानी हत्या गरिएको थियो भने अर्का एकजना सर्वसाधारण घाइते भएका थिए । त्यसैगरी आइतबार बिहान पनि यहाँ गोली हानेर अर्का एकजनाको हत्या गरिएको छ । ती हत्यामा संलग्न भएकाहरुको खोजी जारी रहेको तर पक्राउ भने नपरेका बताइएको छ ।
दक्षिणी फ्लोरिडाको सो सहरमा हिंसाका घटना बढेपछि छोटो समयका लागि संकटकाल लगाउनुपरेको सो सहरका मेयरले भिडियो सन्देशमार्फत् जानकारी दिएका छन् ।
ताजा अपडेट
-
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
-
त्रिभुवन विमानस्थलको अध्यागमनमा खादा, माला र संस्थागत पहिचानका सामग्री प्रयोगमा प्रतिबन्ध
-
पाटन अदालतको इतिहासमा पहिलो पटक दुईवर्षे मुद्दा शून्यमा
-
आगामी आर्थिक वर्षका लागि त्रिविको २८ अर्ब बजेट पारित
प्रतिक्रिया