अमेरिकाको मियामी बीच सहरमा हिंसाका घटना बढेपछि संकटकाल र कर्फ्यु
वासिङटन । अमेरिकाको फ्लोरिडा राज्यको एक सहरमा हिंसाका घट्ना बढेपछि कर्फ्यु आदेश जारी गरिएको छ ।सो राज्यको एक सहर मियामी बीचमा सो आदेश जारी गरिएको अधिकारीहरुले जनाएका छन् । सो सहरमा केही दिनयतादेखि गोली प्रहारका घट्ना बढेका छन् ।
आइतबार कर्फ्यु आदेश जारी गरिएको अधिकारीहरुले जानकारी दिएका छन् । ती अधिकारीका अनुसार सो आदेशअनुसार यहाँका नागरिक रातिको समयमा बाहिर निस्कन पाउने छैनन् । यो आदेश अर्को सोमबारसम्मका लागि जारी गरिएको सुरक्षा अधिकारीले जानकारी दिएका छन् ।
सो सहरमा शुक्रबार राति एकजनाको गोली हानी हत्या गरिएको थियो भने अर्का एकजना सर्वसाधारण घाइते भएका थिए । त्यसैगरी आइतबार बिहान पनि यहाँ गोली हानेर अर्का एकजनाको हत्या गरिएको छ । ती हत्यामा संलग्न भएकाहरुको खोजी जारी रहेको तर पक्राउ भने नपरेका बताइएको छ ।
दक्षिणी फ्लोरिडाको सो सहरमा हिंसाका घटना बढेपछि छोटो समयका लागि संकटकाल लगाउनुपरेको सो सहरका मेयरले भिडियो सन्देशमार्फत् जानकारी दिएका छन् ।
ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया