NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

विनोद चौधरीको सचिवालयलाई बेलायती सांसदले दियो प्रशिक्षण

काठमाडौं । बेलायती सांसद (हाउस अफ कमन्स) विरेन्द्र शर्माको सचिवालयका उच्च अधिकारीले नेपाली सांसद विनोद चौधरीको सचिवालयका अधिकारीहरूलाई संसदीय मामिलालाई व्यवस्थित रुपमा सञ्चालन गर्ने बारेमा प्रशिक्षण दिएका छन् । आइतबार काठमाडौंको होटल भिभान्तामा सांसदको भूमिकालाई संसदमा कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने बारेमा चौधरीको सचिवालयका अधिकारीहरूलाई प्रशिक्षण दिइएको हो ।

कार्यक्रममा बेलायती सांसद शर्माले सांसदलाई प्रभावकारी बनाउने मुख्य जिम्मेवारी नै सचिवालयको हुने बताए । सचिवालय प्रभावकारी बने मात्र सांसदले आफ्नो भूमिका प्रभावकारी रुपमा वहन गर्न सक्ने उनले बताए । कुनै पनि सांसदको सचिवालयले वहन गर्ने भूमिका वृहत्तर रुपमा देशका लागि हुने भएकाले सचिवालयका अधिकारीले पनि उत्तिकै जिम्मेवार भावनाका साथ काम गर्न आवस्यक रहेकोमा पनि उनले जोड दिए । ‘सांसद एक्लैले गरेर केहि हुँदैन । सांसदलाई सफल बनाउने भनेको उसको निजी सचिवालय कति प्रभावकारी र सक्षम छ भन्ने कुरामा निर्भर हुन्छ ।’ सांसद शर्माले भने, ‘बेलायती संसदमा रहेर काम गरिरहदा मेरो अनुभव पनि यहि हो । मेरो सचिवालय प्रभावकारी नरहेको भए म हाउस कमन्सको प्रभावकारी सांसद बन्न सम्भव थिएन ।’

बेलायती सांसद शर्माका सहयोगी डमिनिक मोफिटले कांग्रेस नेता एवं प्रतिनिधिसभा सदस्य चौधरीको राजनीतिक सचिवालयलाई आफ्नो अनुभव सुनाए । बेलायतमा सांसदलाई सरकारबाट चार जना कर्मचारीको व्यवस्था हुने गरेको उनले बताए । ‘उनीहरुको जिम्मेवारी पनि तोकिएको हुन्छ । टीममा सबैले आफ्नो जिम्मेवारी अनुसार काम गर्छन्’ उनले भने, ‘काममा दोहोरोपन हुनुभएन । टीमवकर्ममा विश्वास हुनुपर्छ ।’

कांग्रेस सांसद चौधरीले निर्वाचन क्षेत्रका विषय सम्बोधनदेखि राष्ट्रिय मुद्धामा संसदमा प्रभावकारी रुपमा उठाउन राजनीतिक टीमको आवश्यकता औंल्याए । ‘हामीले निर्वाचन क्षेत्रका मुद्धाहरुमा पनि काम गर्नुपर्छ । त्यस्तै राष्ट्रिय विषय उठाउनुपर्छ । त्यसका लागि छुट्टै राजनीतिक सचिवालय स्थापना गरेका हौं,’ उनले भने । बेलायतका सांसदको राजनीतिक सचिवालयको अनुभवले आफूहरुलाई पनि लाभ हुने चौधरीको विश्वास थियो ।

कांग्रेस सांसद चौधरीले आफ्नो निर्वाचन क्षेत्र नवलपरासी १ बर्दघाटमा जनसम्पर्क सचिवालय स्थापना गरेका छन् भने काठमाडौंमा राजनीतिक सचिवालय बनाएका छन् ।