प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने एमालेको निर्णय
काठमाडौं । एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने निर्णय गरेको छ ।
संसद बैठक बस्नुअघि नयाँ बानेश्वसमा बसेको एमाले संसदीय दलको बैठकमा संसदीय दलको नेता केपी ओलीले प्रचण्डमाथि आफूहरुको विश्वास नभएको बताए ।
ओलीले वामपन्थी सरकार बनाउन आफूले प्रयास गरेको तर प्रचण्डले दक्षिणपन्थीसँग मिलेर सरकार ढालेको आरोप लगाए ।
‘हाम्रो पहलमा वामपन्थी सरकार प्रचण्डकै नेतृत्वमा बनायौँ तर प्रधानमन्त्री भएकै भोलिपल्ट उहाँले इमान छाड्नुभयो। इमानमा रहन सक्नुभएन’, उनले भने ।
प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टाचार रोक्न नसक्ने र विकास निर्माणले गति नलिने उनको जिकिर छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया