सरकारमा जान एकीकृत समाजवादीले बनायो कार्यदल
काठमाडौं । सत्ता साझेदार दल एकीकृत समाजवादीले मन्त्रालय भागबण्डा, सरकारको नीति तथा कार्यक्रम लगायत विषयमा छलफल गर्न कार्यदल गठन गरेको छ ।
मंगलबार बसेको केन्द्रीय सचिवालय बैठकले अध्यक्ष माधवकुमार नेपालको संयोजकमा उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भुसाल रहेको तीन सदस्यीय कार्यदल गठन गरेको उपमहासचिव प्रकाश ज्वालाले जानकारी दिए ।
ज्वालाका अनुसार कार्यदलले सरकार सञ्चालन, नीति तथा कार्यक्रम, उच्चस्तरीय राजनीति संयन्त्र, पार्टीबाट सरकारमा जाने मन्त्रीहरूको छनोट लगाय विषयमा समन्वय गर्नेछ ।
सोमबार प्रधानमन्त्री प्रचण्डलाई दोस्रोपटक विश्वासको मत दिएको नेकपा एसले महत्वपूर्ण मन्त्रालयसहित सरकारमा जाने तयारी गरेको छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया